‘विवाद समाधान गर्छौं’

nocकाठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव केशवकुमार विष्टले नेपाल ओलम्पिक कमिटीको विवाद समाधान गर्नुपर्नेमा जोड दिए । नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा सदस्यसचिव विष्टले विगतमा अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने संस्थाबाटै समस्या निम्त्याइएको बताए ।
‘मन्त्रालय, ओलम्पिक कमिटी, संघसंस्था सबैमा विवाद निम्त्याउने काम भएको छ तर सामाधान हुन्छ, हामी गरेर देखाउनेछौँ । हाम्रो टिमको अठोट हो, चार वर्षे कार्यकाल खेलकुदको स्वर्णिम युग हुनेछ,’ विस्टले भने ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले आफूले नेपाली खेलकुदमा विकास चाहेको बताए । स्वागत मन्त्यव्य राख्दै महासचिव जीवनराम श्रेष्ठले खेल क्षेत्रमा नया चरणको सुरुआत भएको बताए । उनले भने, ‘अब व्यक्तिमा आधारित खेलकुद होइन, प्रणालीमा आधारित खेलकुद बनाउनुपर्छ अनि मात्र निश्चित रूपमा खेलकुदको ड्राईभ हुन सक्छ ।’
सातदोबाटोस्थित एनओसीको भवनमा आयोजित नवनियुक्त राखेप सदस्यसचिव विष्टको स्वगत तथा बधाई कार्यक्रममा राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, एनओसी पदाधिकारी, विभिन्न राष्ट्रिय संघका अध्यक्षलगायतको उपस्थिति रहेको थियो । (सौस)

प्रतिक्रिया