जागरण

Teekaram-Dulalनेपाली छ विपत्तिमा हरघडी लौ हेर आफैँ पनि
गर्छौ सोक तिमी डरेर बीचमा साथै बसौँ हो भनी
हाम्रो देश विशाल यो सहरमा यस्तो दशाले छुँदा
भागौँ खै कसरी अबोध बनि लौ यो राज्य सिंगै रुँदा

सक्छौ खोतल हत्तपत्त धरणी भेट्छौ कुनै जीवन
भेटे ज्यान छ मोलतोलविहीनै चाहिन्न यस्तो धन
आऊ बाँचुबचाउने प्रण गरी नेपाल हाम्रो घर
नेपाली जन एक हैन र कठै यहाँ बाँकी को नै छ र ?

नाता जोड कुनै दया र पिर यो टाढा बनाऔँ बरू
जो–जो हुन्छ बिचल्लि उत्खन गरौँ चाडैँ सघाऔँ बरू
कोदालो अनि गैँति झम्पल छिटो बोकेर खोजौँ जन
कैयौँ ज्यान छ भेटिए मुनि भने देऊ नयाँ जीवन

सेवा गर्नु परोपकार अनिपो नेपाल यो बन्छ है
यो नेपाल बनाउने उहि पुनः मेरो यहाँ मन्छ है
भो कर्तव्य बरै जुटौँ सब जुटौँ हाम्रै त हो सम्पदा
यो सम्बर्धन हुन्छ स्वार्थविहीनको चाहिन्न माला खदा

प्रतिक्रिया