मेरो देश

Aakriti-Sapkotaहिमाल मेरो चाँदीको घेरा टल्कन्छ उत्तरमा ।
नौरङ्गी डाँफे, मुनाल नाच्छ रमाई काखमा ।।
ताल र झर्ना हरियो वन कोइलीको साथमा ।
पटुकी बाँधी पहाड मेरो उभिन्छ माझमा ।।१।।

बाघ र भालु, सिंह र हात्ती गर्जने गर्जाई ।
सुनका बाला लगाई हेर नाच्दछ तराई ।।
पूर्वमा मेची, पश्चिममा काली रसाइ रहन्छ ।
गण्डकी पनि के कम छ र ? बीचमा गर्जन्छ ।।२।।

वेगनास, फेवा, फोक्सोण्डो, रारा देशका सम्पत्ति ।
सगरमाथा, कञ्चनजंघा, बोलाउँछन् विदेशी ।।
बुद्धको शान्ति, भृकुटी कला गुञ्जिन्छ विश्वमा ।
सीता र जनक आदर्श पुरुष जन्मिन्छन् नेपालमा ।।३।।

भेष र भुषा , भाषा र धर्म र गनेर सकिन्नन् ।
फूलको जस्तै सुवास छरी मिलेर बस्दछन् ।।
नेपाल हाम्रो वीरको गाथा विश्वले मान्दछन् ।
कुबेर जस्ता धनका धनी यहाँ आई बस्दछन् ।।४।।

नेपाली हामी कहिल्यै छैनौँ अल्छी र थकित ।
एकता हाम्रो देखेर राम्रो विश्व छन् चकित ।।
बिर्सेर सबै लोभ र ईष्र्या हृदय उचाली ।
वुद्धको देश शान्तिले बस भन्दछन् नेपाली ।।५।।

(कक्षा १० / आकाशद्वीप इंग्लिस सेकेन्डरी स्कुल, दक्षिणढोका)

प्रतिक्रिया