प्रेमको परिभाषा बदल्दै युवा पिँढी

Sarala-Bainju-Sexy-Journalidrank all the bitterness of my life, because a drop of your love had got mixed
with it…

पे्रम एउटा शास्वत अनुभूति हो जो हरेक व्यक्तिले जीवनमा एकपल्ट अवश्य पनि अनुभूत गरेको हुन्छ । प्रेमलाई लेखेर अभिव्यक्ति दिने महान प्रेमीहरू थुप्रै छन् । संसारमा प्रेमको नाममा आफ्नो जीवन बर्बाद गर्ने अमर पे्रमी पनि छन्, जसले आफ्नो प्रेमलाई सफल र अमर तुल्याएका छन् । जस्तै– मुना–मदन, लैला–मजनू, हीर–राँझा, रोमियो–जुलियट आदि ।
पे्रमबारे भन्ने हो भने यसलाई अभिव्यक्त गर्ने कुनै शब्द नै छैन । प्रेम त केवल प्रेम हो, बस् एउटा अनुभूति र एउटा भावना मात्र । यसलाई अभिव्यक्त गर्ने कुनै शब्द नै हुँदैन । प्रेम लेख्ने शब्द होइन्, यो त एउटा अनुभूति हो । कहिले प्रेमसँग जिउछौँ भने कहिले हामी प्रेमका लागि मर्ने गर्छौं । यसरी हाम्रो जीवनमा कति बेला प्रेम एउटा जिउने आधार बनाउछौँ भने कहिले मर्ने एउटा माध्यम बनाउन पुग्छौँ । यसबारे स्वयं हामी नै अनभिज्ञ हुन्छौँ ।
प्रेमलाई परिभाषित गर्ने महान प्रेमीहरू थुप्रै छन् । उनीहरूले आ–आफैनै ढंगले प्रेमाको व्याख्या गरेका छन् । प्रेमलाई जसले जसरी अनुभूत गर्छ त्यही रूपमा आफ्नो अभिव्यक्ति दिन्छन् प्रेमीहरू । कोही प्रेमलाई एउटा भावानात्मक सम्बन्ध मात्र मान्न तयार हुँदैनन् । उनीहरू यसलाई अनूभूतिमा सीमित राख्न चाहँदैनन् । शब्दद्वारा व्याख्या गर्ने साहित्य हो भन्न रुचाउँदैनन् । उनीहरूको विचारमा प्रेम त एउटा ग्रन्थ हो, धर्म हो र परम्परा हो । यो युगौँदेखि प्रसारित एउटा परम्परा हो । जो वंशवंश चल्दै आउँछ र जसले हरेक व्यक्तिलाई समेटेको हुन्छ ।
प्रेम कुनै व्यक्ति, देश र कालसँग बाँध्न मिल्दैन किनभने यो हर युगमा हुने खानी हो , हरेक देशको कथा हो र हरेक व्यक्तिको मनको एउटा तृष्णा हो, जो निरन्तर रहन्छ । सृष्टिको सुरुआतसँगै प्रेमको सुरुआत भएको हो । यदि, प्रेम नहँुदो हो त, सायद सृष्टिको निरन्तरता त्यही ठप्प हुन्थ्यो होला । प्रेमले नै मानवलाई जिउने एउटा प्रेरणा दिएको हुन्छ । प्रेमले नै मानवलाई पूर्णता प्रदान गरेको हुन्छ । त्यसैले त प्रेम, प्रेम हो । जो निरन्तर आफ्नो गति लिइरहन्छ । जसलाई कसैले रोकेर रोक्न सक्दैन । आपूभित्र रहेको प्रेमलाई पनि रोक्ने सामर्थ हुँदैन मानवमा ।
प्रेममा कुनै सीमा हुँदैन, न यसको कुनै गन्तयव्य नै हुन्छ । प्रेम त एउटा आवेग हो । जो कोहीमा पनि हुन सक्छ । यो त एउटा यस्तो अनुभूति हो, जसले केही देख्दैन । प्रेम गर्ने प्रेमीहरूले मात्र प्रेम गदैनन् । उनीहरू यसलाई भावानात्मक रूपमा अनुभूत गर्न पुग्छन् । प्रेमलाई कतिपयले शारीरिक आकर्षण मात्र मान्छन् । एकअर्कालाइ जोड्ने एउटा सम्बन्ध ठान्छन् । तर, प्रेम प्रेमीप्रेमिकाको अनुपस्थितिमा पनि हुन्छ र उपस्थितिमा पनि हुन्छ । पे्रम त सुखमा पनि हुन्छ, दुखमा पनि हुन्छ । प्रेम खुसीमा पनि हुन्छ, रोदनमा पनि हुन्छ । प्रेम एउटा भाव हो । जसलाई प्रेमीहरूले जस्तो परिस्थितिमा पनि सहर्ष स्वीकार गरेका हुन्छन् ।
प्रेमको अर्थ शारीरिक मिलन मात्र होइन् । यो त दुई आत्माको भावानात्मक, रचनात्मक, आध्यात्मिक र मानसिक मिलन हो । जसमा एउटा आर्दश हुन्छ । एउटा मान्यता हुन्छ । जसलाई पूरा गर्न पे्रमीहरू विवाह बन्धनमा बाँधिन रुचाउँछन् । पे्रमीप्रेमिकाको सम्बन्ध दुई आत्माको बन्धन हुन्छ । जसको केन्द्रबिन्दु प्रेम हो । हरेक जीवनको सुखद अध्याय पे्रमबाट सुरु हुन्छ भने यो छुट्नेवित्तिकै त्यो अनुभूतिको अध्याय पनि समाप्त हुन्छ ।
प्रेम हृदयको कोमल अनुभूति हो । जहाँ पवित्रताको सुगन्ध फैलिएको हुन्छ । तर, समयको साथ साथ प्रेम परिवर्तन भएको छ । जुन प्रेम त्याग र सहयोगमा हुन्थ्यो, आज त्यस्तो प्रेमको परिभाष बदलिएको छ । पहिलेको प्रेममा त्याग र तपस्या हुन्थ्यो । यसलाई अनुभूति गर्ने सुखद आनन्द एउटा पल हुन्थ्यो । तर, आज त्यो पवित्र प्रेमलाई हेर्ने दृष्टिकोण बदलिएको छ । जसको कारण आज प्रेमको मान्यता परिवर्तन भएको छ ।
आजको प्रेमको परिभाषा परिवर्तन भइसकेको छ । उनीहरूको विचारमा प्रेम शब्दद्वारा अभिव्यक्ति गर्ने एउटा राम्रो कुरा भएको छ । आजका पिँढीहरू आफ्नो स्वतन्त्र आधुनिक विचारद्वारा प्रेमबारे एउटा बेग्लै परिभाषा बनाई त्यसलाई आफ्नो जीवनमा लागू गर्ने भएका छन् । प्रेम एउटा ईश्वर हो, पूजा हो, प्रेम जीवन हो भन्ने दर्शनबाट मुक्त भई आजका प्रेमीहरू यसलाई एउटा प्रचारात्मक वस्तु ठान्छन् ।
उनीहरू फिल्म, सिरियल, उपन्यास र विज्ञापनमा देखाइएको जस्तो प्रेम गर्न रुचाउँछन् । जो वास्तविकभन्दा निकै टाढा हुन्छन् । पे्रमलाई सच्चा प्रेमभन्दा एउटा वासनाको रूपमा हेर्न थालिएको छ । आफ्नो रूप, यौवन र धनद्वारा प्राप्त गर्न सक्ने एउटा वस्तुको रूपमा हेर्न थालिएको छ । प्रेमलाई आज अनिवार्य फेसनको रुपमा युवा पिँढीले हेर्न थालेका छन् । जसको कारण उनीहरूको प्रेमले चर्चा निकै पाउँछ । यस्ता प्रेमीहरू प्रेमलाई सतही रूपमा हेर्छन् । उनीहरूको विचारमा प्रेम भनेको यौवनमा हुने एउटा प्राकृतिक चाहना हो जो निरन्तर परिवर्तन भइरहन्छ । प्रेम भनेको एउटा टाइमपास गर्ने साधन हो जसलाई प्रयोग गरिसकेपछि फ्याकिन्छ ।
प्रेम भनेको एउटा रोमाञ्चक क्षण हो । जो एक युवायुवतीबीच बिताइन्छ । प्रेम भनेको एउटा देखाउने विज्ञापन हो, जसले प्रेमीको दक्षता र क्षमता देखाउँछ । यसरी नै अभिव्यक्ति गरिरहेका छन्, प्रेमलाई आजका युवा पिँढीले । त्यसैले आजका युवाका थुप्रै प्रेमीप्रेमिका हुन्छन् । उनीहरूमा धेरै माया भएर धेरै प्रेमीप्रेमिका बनाएका हुन् वा जीवनमा धेरै माया पाउने आशाले धेरै प्रेमीहरू बनाएका हुन् या प्रेम भन्ने कुरा एउटामा मात्र सीमित राख्नुहुन्न भनेर धेरै बनाएका हुन् । यो त उनीहरूलाई नै थाहा होला ।
यसरी प्रेमको परिभाषा परिवर्तन गर्नमा आजका युवापिँढी अघि तम्सिएका छन् । युवा पिँढी प्रेमका मीठा पलहरू एकान्त, मनोरम, सुन्दर, शान्त वातावरणमा बिताउनुभन्दा पनि डिस्को, बार र क्याबिन रेस्टुरेन्टमा बियरका चुस्की र चुरोटको धुँवाका साथ विभिन्न किसिमको लागुपदार्थमा आफ्नो अमूल्य समय बिताउन रुचाउँछन् । प्रेमलाई वास्तविकताको धरातलमा नहेरी उनीहरू प्रेमलाई एउटा काल्पनिक वस्तुको रूपमा हेर्छन् । उनीहरू प्रेममा विभिन्न कल्पना गर्छन् र वास्तविकतामा पाउने आशा गर्छन् । जब त्यो प्राप्त हुँदैन, तब उनीहरूको प्रेमको अस्तित्व नै रहँदैन । एकै पलमा उनीहरूमा भएको प्रेम समाप्त हुन्छ ।

प्रतिक्रिया