दीपाले ल्याइन् छुटेको बागदाता

Chhuteko-Bagdataकाठमाडौं । अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी दीपा राई पुनले तेस्रो कविता कृति ‘छुटेको बागदाता’ बजारमा ल्याएकी छन् ।
कलरब धरानले प्रकाशन गरेको कृतिलाई शनिबार आयोजित कार्यक्रममा कवि तुलसी दिवसले विमोचन गरे । कविता संग्रहको विमोचनअघि कविताको मञ्चन गरिएको थियो । पाँचथर रविमा जन्मिएकी कवि राईका यसअघि ‘तिम्रो सपनाको म’ र ‘स्पन्दनका रागहरू’ प्रकाशित छन् ।
तेस्रो कृतिमा ३९ वटा कविता संग्रहित छन् । मस्तिष्कभन्दा हृदयलाई स्पर्श गर्ने खालका यी कविता नयाँ सौन्दर्य–चेतका साथ लेखिएको कवि दिवसको टिप्पणी थियो । (सौस)

प्रतिक्रिया