क्रिकेटका लागि अष्ट्रेलियाबाट खेलाडी आए

philipकाठमाडौं, २४ चैत । नेपाल र अष्ट्रेलियाबीच हुने क्रिकेटको ६३ ओभरको खेल खेल्नका लागि आज निलो र रातो टिमको घोषणा भएको छ ।

अष्ट्रेलियाका ब्याट्सम्यान फिलिप हृयुजप्रति श्रद्धान्जलि स्वरुप ६३ ओभरको क्रिकेट हुन लागेको हो ।

नेपाल र अष्ट्रेलियाबीच हुने ६३ ओभरको खेल खेल्न अष्ट्रेलियाबाट तीन खेलाडीको मात्र सहभागिता रहनेछ ।

नेपालका तर्फबाट टीम निलोको नेतृत्व विनोद दास र अष्ट्रेलियाका लागि टिम निलोको नेतृत्व रायन कार्टरले गर्नेछन् ।

टिम निलोको नेतृत्व रायन कार्टरले गरेपनि निलो टिममा तीन खेलाडी मात्र अष्ट्रेलियाको हुनेछ ।

निलोमा टीम विनोद दास कप्तान, पारस खड्का, अनिल मण्डल, विनोद भण्डारी, शक्ति गौचन, प्रदीप ऐरी, करण केसी, नरेश बुढायर, अभिनाश कर्ण, भुवन कार्की, महेश क्षेत्री, अमृत भट्टराई, राहुल वि.क. र रामनरेश गिरी छन् ।

यसैगरी, रातो टिममा रायन कार्टर कप्तान, टीम एन्डरसन, म्याथु इलियन, शरद भेसवाकर, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, पृथु बास्कोटा, सोमपाल कामी, जितेन्द्र मुखिया, राजेश पुलामी, राजवीर सिंह र प्रज्वल शाही छन् ।

प्रतियोगिताको दौरान नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एवम हालका सहायक प्रशिक्षकसमेत रहेका विनोद दासले आफ्नो १७ वर्षे खेल जीवनबाट सन्यास समेत लिने घोषणा गरेको छन् ।

प्रतिक्रिया