वृद्धवृद्धाको आन्दोलनका लागि सरकार मुर्दासरह

Jestha-Nagarikचाउरी परिसकेको अनुहार खासै हँसिलो देखिँदैन । आँखाले राम्ररी हेर्न, देख्न र ठम्याउन गाह्रो मान्छन् । उमेरको यो बिसौनीमा छोराछोरी, बुहारीजुवाईं, नातिनातिना अझ पनातिपनातिनासमेतको परिवारमा स्नेही स्याहारसुसार र रेखदेखमा बस्न पाउनुपर्ने बेलामा पनि उनीहरू निरन्तर ‘वृद्धवृद्धाको हकहितका लागि आन्दोलन’ मा डटिरहेका छन् । कहिले धर्ना, कहिले जुलुस त कहिले मूल सडकमै सुतेर विरोध गर्दै पछिल्ला तीन वर्षदेखि हजुरबा–हजुरआमाहरूको आन्दोलन राजधानी सहरको नयाँ बानेश्वर–मीनभवन क्षेत्रमा निरन्तर जारी छ । यो त्यही क्षेत्र हो जहाँ अहिले एकादेशको कथा बनिसकेको ट्रलीबसको कार्यालय रहने गर्दथ्यो । तीन बीसको उमेर नाघेर ज्येष्ठ नागरिक कहलिइसकेका र अहिले ७०/१०२ वर्षको जीवनयात्रामा हिँडिरहेका यी ‘डाँडाका जून’ नरनारीहरू के दसैँ, के तिहार, के अन्य चाडबाड केही नभनी आन्दोलनरत छन् । के घाम, के पानी, के जाडो, के गर्मी, के थकान, के पीडा सबैलाई खपेर भए पनि ज्येष्ठ नागरिकहरू निरन्तर सक्रिय छन् ।
उमेरले एक सय दुई वर्ष टेक्दै गरेका वृद्ध आन्दोलन गरिहेका छन् भन्दा जो कोहीलाई विश्वास लाग्दैन होला । पुख्र्यौली घर पाल्पा बताउने केशवराज खनाल अहिले नयाँ बानेश्वरमा छोराको घरमा बस्दै आएका छन् र आन्दोलनमा सक्रिय सहभागी छन् । आँखा, कान र शरीरले समेत धेरै साथ नदिने अवस्थामा रहेका केशवराज यस्तो अवस्थामा समेत आन्दोलनमा होमिएका छन् । वृद्ध वयमा पनि युवा जोस निकाल्न खोज्दै उनी भन्छन्, ‘सरकार के गरिरहेको छ ? के अब हामी देशका नागरिक होइनौँ ? होइन भने हाम्रा मागको सुनुवाइ तत्काल किन गरिरहेको छैन ?’
‘आज म व्यक्तिगत स्वास्र्थभन्दा पनि ३० लाखभन्दा बढी ज्येष्ठ नागरिकको भलाइका लागि लागिरहेको छु,’ केशवराज भन्छन्, ‘खोई के भन्नु, सरकारमा बस्नेहरूले हामीले राखेका जायज मागमा सुनुवाइ किन गर्दैन ? किन सरकारका प्रधानमन्त्री, मन्त्री बिरामी हुदा उपचार गर्न भन्दै विदेश लैजाने तर ज्येष्ठ नागरिकहरू बिरामी हुदा उपचारै नपाएर
मर्नुपर्ने ?’ भन्दाभन्दै उनी भावुक हुन्छन् । ‘हामीले गरिरहेको यो आन्दोलन केवल म एकजनाका लागि होइन, सिंगो देशका ज्येष्ठ नागरिकका लागि हो । हामी सबैका लागि लडिरहेका छौँ,’ उनी दोहोर्‍याउँछन् ।
मूलपानीकी ९६ वर्षीया रोभा बस्नेत बिहान नयाँ बानेश्वरका लागि बसमा हुइँकिन्छिन् । बिहान आएर दिनभर धर्नामा सहभागी भएर फर्किनुभन्दा विकल्प केही हुँदैन । ‘खोई हामीले के गर्नु ? सरकारले कुनै सुनुवाइ गर्दैन । किन मानेको छैन । हामी त कुनै हालतमा आन्दोलन रोक्ने पक्षमा छैनौँ,’ उनी भन्छिन् ।
काठमाडौं महानगरपालिका–३५ कोटेश्वरकी यशोदा ढकाल ८१ वर्षको उमेर हुँदादेखि आन्दोलनमा जान सुरु गरेकी उनको आज चौरासी सकिँदासमेत आन्दोलनरत छिन् । सरकारमा रहेकालाई छोरा तथा भतिज भन्न रुचाउने उल्लेख गर्दै भन्छिन्, ‘सरकारमा रहेका भ्रष्टहरूलाई अब भन्नु केही छैन, गरिब जनताका माग लत्याउनेको कुरा के गर्नु आखिर ?’ भन्दै गहबाट आँसु झार्छिन् र भन्छिन्, ‘सरकार चलाउनेले छोडिदिए बरु आफूले चलाएर एक वर्षमा सबैको माग सम्बोधन हुने खालको संविधान जारी गर्थें ।’ ज्येष्ठ नागरिकको आन्दोलनले उनको चौरासी वर्ष हुँदासमेत कुनै पार नलागेकोमा सरकारले सुनुवाइ नगरेर त्यसो भएकोमा उनमा अझ धेरै आक्रोश छ । ‘आखिर एक दिन यो चोलाबाट बिदा लिने नै हो, बरु सबैले एकसाथ आत्मदाह गर्छौं, तर आन्दोलनले विश्राम लिँदैन,’
उनले भनिन् ।

अहिले उनको दैनिकी नै बनेको छ– बिहान सबेरै उठेर पूजापाठ गर्ने र बिहानै ज्येष्ठ नागरिकको धर्ना कार्यक्रममा सहभागी हुन उनी नयाँ बानेश्वरतिर जाने । ज्येष्ठ नागरिकहरू धर्ना कार्यक्रममा सक्रियताका साथ दिनभरि बस्छन्, सरकारबाट केही हुन्छ कि भनेर । ‘आज त केही हुन्छ भन्दाभन्दै यत्रा दिन गए, तर सरकार सुन्ने पक्षमा देखिएको छैन । अब, ज्येष्ठ नागरिकले केही गर्नैपर्ने दिन आएको छ,’ उनी भन्छन् ।

ज्येष्ठ नागरिकका नामबाट आन्दोलन सुरु गर्ने अर्का व्यक्ति हुन्– भक्तपुरका ८१ वर्षीय वटुकृष्ण अधिकारी । ज्येष्ठ नागरिक आन्दोलन सुरुआत गरेको केही महिना नबित्दै उनकी श्रीमतीको मृत्यु भयो । तैपनि, कुनै ठूलो पीडाको अनुभव नगर्दै उनले त्यस समयमा समेत आन्दोलनलाई निरन्तरता दिएका थिए । अहिले उनको दैनिकी नै बनेको छ– बिहान सबेरै उठेर पूजापाठ गर्ने र बिहानै ज्येष्ठ नागरिकको धर्ना कार्यक्रममा सहभागी हुन उनी नयाँ बानेश्वरतिर जाने । ज्येष्ठ नागरिकहरू धर्ना कार्यक्रममा सक्रियताका साथ दिनभरि बस्छन्, सरकारबाट केही हुन्छ कि भनेर । ‘आज त केही हुन्छ भन्दाभन्दै यत्रा दिन गए, तर सरकार सुन्ने पक्षमा देखिएको छैन । अब, ज्येष्ठ नागरिकले केही गर्नैपर्ने दिन आएको छ,’ उनी भन्छन् ।

यही क्रममा ज्येष्ठ नागरिकले विभिन्न नौ सूत्रीय माग राखेर तीन वर्षदेखि आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा प्रहरीको दमन र त्यसको असरबाट उपचारको क्रममा विभिन्न अस्पतालमा गरी ११ जनाको मृत्यु भइसकेको छ । उनीहरूको कुनै बेला स्मरण हुँदा सरकारले प्रहरी लगाएर गरेको ज्यादतीको सम्झना हुँदा मनै खिन्न हुन्छ । ‘अतीतको सम्झना आउँदा त झन् सरकार भए नभएको कुनै आभास नै हुँदैन,’ उनको दुःखेसो छ । उदेकिएको स्वरमा भन्छन्, ‘मलाई त सरकार मूर्दा हो कि जस्तो लाग्छ ।’
कान र आँखाले धेरै भर नदिने तर सुरुदेखि नै सक्रियता देखाएर लागेका अर्का वृद्ध हुन्– जोरपाटीका ७६ वर्षीय पार्वतीरमण खतिवडा । उनलाई चिन्ता छ, ‘आपूmले सुरुआत गरेको आन्दोलनलाई निष्कर्षमा नलग्दै आपूmलाई दैवले लैजान्छ कि क्या हो । मेरो आप्mनो तागतसमेत घट्दै आएको जिन्दगीमा खोई आज यत्रो दिन भयो, सरकार मान्ने पक्षमा देखिँदैन ।’
उनी पनि दोहो¥याउँछन्, ‘काठमाडौंको नयाँ बानेश्वरस्थित संविधानसभाअगाडि विभिन्न सूत्रीय माग राखेर तीन वर्षदेखि निरन्तर आन्दोलन गर्दासमेत सरकारले सुनुवाइ नभएको भन्दै निर्णायक आन्दोलन गर्ने तयारीमा छौँ ।’
सडकका बालबालिका अनि श्रमिक बालबालिकाको पक्षमा डेढ दशकदेखि काम गरिरहेकी कलंकीकी सरस्वती भट्टराई रिजालको अन्य ज्येष्ठ नागरिकको भन्दा उमेर कम छ । तर, दुई वर्षदेखि सबैको जिम्मेवारीसमेत सम्हालेकी छन् । उनलाई सेवा नै धर्म हो भन्ने लाग्छ । सरकारमा बसेकाहरू निर्दयी भएकाले आपूmहरूको जायज माग सम्बोधन हुन नसकेको उनले बताइन् । रिजालले भनिन्, ‘धर्नामा बसेका उनीहरूले सरकारले बाहुबल भएकाहरूको मात्रै माग सुन्ने तर ज्येष्ठ नागरिकले राखेका जायज मागको सुनवाइ नहुने ? किन यस्तो ?’ उनी आक्रोश पोख्छिन् र भन्छिन्, ‘अब माग पूरा गराउन समितिका एक सय ११ जना सबैले सामूहिक आत्मदाह गर्नुभन्दा अर्को विकल्प छैन ।’
जहिले पनि ज्येष्ठ नागरिकको आन्दोलन भन्दै हिँडेका महाप्रसाद पराजुलीको परिवारमा एक वर्षअगाडि मात्रै कस्तो घटना घट्यो भने श्रीमती सिकिस्त बिरामी भएर ओछ्यानमा अन्तिम अवस्थामा पुगेको स्थिति थियो । त्यो समयमा राम्रो व्यवस्थापन मिलाउन नसक्दा उनकी श्रीमतीको मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएको पीडाभन्दा आन्दोलनका क्रममा विभिन्न समयमा ११ जना सहकर्मीको मृत्यु भएको पीडा बढी छ उनलाई । तर, ०६९ फागुन २४ मा पाँच जनाबाट सुरु भएको आन्दोलनमा अहिले तीन/चार सय जनाको सहभागिता भएको धर्ना कार्यक्रमले उनी उत्साहित छन् ।

सरकारले ज्येष्ठ नागरिकले उठाएका माग आगामी बन्ने संविधानमा सम्बोधन हुन्छ, आन्दोलनका कार्यक्रम स्थगित गर्न भनेको तर सरकारले लिखित रूपमा संविधानमा किटान नगरेसम्म आन्दोलन नरोक्ने भनिरहेका छन् ।

सर्वोच्च अदालतले ‘सरकारका नाममा ०६७ चैत २४ मा परमादेश दिँदै देशका ज्येष्ठ नागरिकलाई सर्वसुविधाका लागि वृद्धभत्ता, यातायातमा सहुलियत, स्वास्थ्योपचारमा छुटसहितको व्यवस्था गर्न आन्तरिम आदेश दिए पनि सरकारबाट कुनै सुनुवाइ भएको छैन । व्यवस्थापिका संसद्को न्यायिक समितिले ०७० पुस मसान्तमा ज्येष्ठ नागरिकका माग सम्बोधन गर्न भनेर परमादेश दिएको छ । सर्वोच्च अदालतले ०६७ चैत २४ मा परमादेश दिँदै देशका ज्येष्ठ नागरिकलाई सर्वसुविधाका लागि उचित रूपमा वृद्धभत्ता, यातायातमा सहुलियत, स्वास्थ्योपचारमा छुटसहित विशेष सुविधा उपलब्ध गराउन ज्येष्ठ नागरिकको पक्षमा गरेको फैसला गरेको सबै मिडियामा आएको खबर छापिएको दुई वर्ष बित्दासमेत सरकारले लागू नगरेपछि ०६९ माघ २३ मा ज्येष्ठ नागरिक संघर्ष तदर्थ समिति स्थापना गरेका थिए । सोही दिन उनीहरूले सरकारलाई एक महिने अल्टिमेटमसहित नौ सूत्रीय माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।
यतिका दिन बितिसक्दा पनि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनका पक्षमा सरकार उदासिन देखियो । ज्येष्ठ नागरिक संघर्ष तदर्थ समितिका अध्यक्ष महाप्रसाद पराजुलीले तीन वर्षदेखि आन्दोलन गर्दासमेत नेता र मन्त्रीहरूले माग पूरा गरिदिने भन्दै भुल्दै गएको बताए । उनले भने, ‘माग पूरा नभए सामूहिक आत्मदाह गर्नसमेत हामी बाध्य हुनेछौँ ।’ ‘सरकारका नाममा हामीसित आन्दोलनको विकल्प भएन,’ धर्नाका कायक्रमका सहभागीलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले तीन वर्षदेखि आन्दोलन गर्दासमेत सरकारका मन्त्रीहरू आउने र ज्येष्ठ नागरिकले उठाएको मागप्रति आपूm गम्भीर भएको भन्दै जाने र सिंहदरबारमा गएपछि बिर्सने गर्दछन् ।’ उनले कडा आन्दोलनको विकल्प नरहेको र निकट भविष्यमै कडा रूपमा प्रस्तुत हुने उनले बताए ।
तीन वर्षसम्म निरन्तर संघर्ष गर्दासमेत ज्येष्ठ नागरिकप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरूले यातायात व्यवस्था विभाग नयाँ बानेश्वरको प्रांगणमा ०६९ माग २४ गतेदेखि निरन्तर धर्नाका कार्यक्रम गरिरहेका छन् । सरकारले ज्येष्ठ नागरिकले उठाएका माग आगामी बन्ने संविधानमा सम्बोधन हुन्छ, आन्दोलनका कार्यक्रम स्थगित गर्न भनेको तर सरकारले लिखित रूपमा संविधानमा किटान नगरेसम्म आन्दोलन नरोक्ने भनिरहेका छन् ।
उमेरले धेरै वृद्ध भएकाहरू समेतले गरेको आन्दोलनप्रति न कुनै राजनीतिक पार्टीको ध्यान गएको छ न कुनै नागरिक समाज तथा मानवअधिकारको क्षेत्रमा लाग्नेहरूको । सबै तह र तप्काका सचेत भनिनेसमेत मौन छन् । कसैको विनासमर्थन आन्दोलनमा लाग्नु भने सायद चानचुने होइन । उनीहरूको एउटै प्रश्न छ, ‘के ज्येष्ठ नागरिकचाहिँ नेपालका नागरिक होइनन् ?’

प्रतिक्रिया