रातिको काममा नजानु न मम्मी !

Balkumari-Aale-2समय फेरिँदै छ । दैनिक जनजिन्दगानीका व्यवहारहरू फेरिँदै छन् । बेलगाम विस्तारिँदो उपभोक्तावादले दुनियाभरका मानिसका आनीबानी पनि फेरिँदै छ । रंगीन संसारका सप्तरंगी लहडहरूले ‘भारी खल्ती चञ्चल मन’ भएकाहरूलाई निरन्तर आफूतिर ऐन्द्रिक आकर्षण गरिरहेका छन् ।

यस्तोमा नेपालजस्तो हिमाली मुलुकको अति संवेदनशील राजधानी र सहरहरू यस्तो वैश्विक प्रभावबाट कसरी अलग रहन सक्छन् ? त्यसैले त यहाँ कुनै बेला गजल रेस्टुरेन्टहरूको बिगबिगी हुने गथ्र्यो, जुन अचेल ओझेलमा पुगेको छ । र, यी सबलाई जितेको छ– डान्सबार र दोहोरी गीत रेस्टुरेन्टको मुहुनीमय विस्तारले ।

त्यसैको असर हो– कुनै समय थियो, होटल वा रेस्टुरेन्टमा काम गर्नेको आवाज कसैले सुन्न पनि चाहँदैन थियो । तर, आज तिनै होटल, रेस्टुरेन्ट र बारमा काम गर्नेहरूको आवाज सुन्न र वकालत गर्न संस्थाहरू समेत खुलेका छन् ।

भविष्य बनाउन कान्तिपुर आएकाहरू धेरै अरबतिर उडे, कोही भारत र अन्यत्र मुग्लानिए । राजधानी सहरका डान्सबार र दोहोरी रेस्टुरेन्टहरूमा कति महिला आफ्नो अस्मिता जोगाउँदै होटलमा नाच्ने, गाउने र मदिराका सिसीले ग्रहकलाई सन्तुष्ट पार्ने कोसिस गर्दै जीवन गुजार्दै छन् । काठमाडौंमा नाच्ने, गाउने र सेवा दिनेहरूको निजी अनुभव समेट्दै प्रत्यक्ष अवलोकन र संवादमा आधारित यो प्रस्तुति :

० ‘डान्सर भनिने रहर पटक्कै छैन । के गर्नु ? बाँच्ने अरू कुनै उपाए नभएर डान्सर भएकी हु । रहर वा शोखले होइन, बाँच्ने आधार केही नभएकाले डान्सबार छिरेकी हु,’ विगत एक वर्षदेखि माइतीघरमा रहेको एक डान्सबारमा नाच्दै आएकी रश्मि (नाम परिवर्तन) भन्छिन् ।

राति बाह्र बज्छ बारबाट कोठामा पुग्दा । आधा रातसम्म होटलमा नाच्ने थाहा पाउनेले कसरी हेरून्, राम्रो नजरले ? रक्सीले टिल्ल परेका लोग्ने मान्छेको भद्दा र अश्लील शब्द सुन्ने मेरो रहर होइन । तर, पेट भर्ने र आङ ढाक्ने कुनै उपाए नभर बाध्यताले बनेकी हु डान्सर,’ रश्मि भन्छिन् ।

‘उच्च जीवन जीउने महत्वाकांक्षा छैन । पेट पाल्न पाए हुन्छ । समय बित्दै जादा पेसाप्रति आत्मग्लानी बढ्दै गएको’ उनको भनाइ छ । ‘बारमा नाच्ने महिलालाई सबैले कुदृष्टिले हेर्छन् । मनोरञ्जनका लागि डान्सबार आउनेहरू राम्रा र हामी उनीहरूलाई मनोरञ्जन दिनेहरू चाहि नराम्रा ठहरिँदा रहेछौँ,’ रश्मिको बुझाइ हो यो । उनी उदेक मान्दै सोध्छिन्, ‘महँगा गाडीमा आएर धेरै खर्च गर्नेलाई के थहा, हामी के कारणले भयौं डान्सर भन्ने ?’

‘जीवन के हो, भविष्य कसरी बनाउने, थाहै थिएन । स्कुल पढ्दै गर्दा बसेको मायाको चिनो गर्भमा बसेछ ।’ बेला–बेला विगत सम्झेर पछुताउनुबाहेक केही छैन यतिबेला रश्मिसँग । ‘काखमा नानी खेलाउँदै एसएलसीसम्मको पढाइ गरे, पढाइ अगाडि बढाउन सकिनँ,’ पीडामा डुब्दै शब्दैपिच्छे भक्कानो छाडिन् उनले । आखा टिलपिल हुन्छन् । आसुका ढिकाले रश्मिका पीडा ओकेलिरहेका थिए । उनको बोली बेला–बेला अबरुद्ध भए पनि कैयौं कुरा उनका मोतीदाना आँसुले अभिव्यक्त गरिरहेका थिए ।

‘तोकिएको समयमा कार्यालय जाने, जागिर खाने र समाजमा ढुक्कसग हिँड्ने रहर भएर के गर्नु, मनको लड्डु घ्यूसँग भनेजस्तै हो, मेरा लागि । राति बाह्र बज्छ बारबाट कोठामा पुग्दा । आधा रातसम्म होटलमा नाच्ने थाहा पाउनेले कसरी हेरून्, राम्रो नजरले ? रक्सीले टिल्ल परेका लोग्ने मान्छेको भद्दा र अश्लील शब्द सुन्ने मेरो रहर होइन । तर, पेट भर्ने र आङ ढाक्ने कुनै उपाए नभर बाध्यताले बनेकी हु डान्सर,’ रश्मि भन्छिन् ।

कान्तिपुरी नगरीमा उनको परिवारले धेरै संघर्ष गर्‍यो । श्रीमान् निजी स्कुलमा अध्यापन गराउँछन्, तलब निकै कम छ । साथमा रहेको छोरालाई पढाउनु पर्‍यो । काठमाडौंको महँगाइमा श्रीमान्को तलब हात्तीको मुखमा जीरा जस्तै लाग्छ उनलाई । डान्सर बन्नुअगाडि उनी सहकारी संस्थामा काम गर्थिन्, जहा उनले मासिक ३५ सय हात पार्थिन् ।

‘डान्सर भनिने रहर पटक्कै छैन,’ थाहा पाउने आफन्तले देख्नेबित्तिकै छड्के नजरले हेर्छन्, दिक्क लाग्छ । बारभित्रको दृश्य र आफन्तको व्यवहारले आत्मग्लानी भएर धेरै रोएको छु । भक्कानिदै उनले भनिन्, ‘राम्रो लगाउने, मोज गर्ने रहर होइन, बाँच्ने उपाय केही नभएर डान्सबार छिरेको हु ।’

आफैंले मन पराएर सँगै बाच्ने र सँगै मर्ने कसम खाएर बिहे गरेको श्रीमान्लाई आर्थिक रूपमा सहयोग गर्ने उनको रहर कहिल्यै पूरा हुन सकेन । ‘जागिर खान भनसुन चाहिदो रहेछ, धेरैलाई हात जोडेँ । इज्जतको श्रम गरेर खान्छु भनेँ । मेरो कुरा सुनिदिने पहुचवाला कोही भएनन्,’ संघर्षको कथा सुनाइन् उनले ।

रश्मिले बारमा नाच्ने कुरा श्रीमान् र सासूलार्ई थाहा छ । श्रीमान्का आफन्तले भेटघाटमा मनै कडिने गरी वचन लगाउछन्, ‘उ क्या राति–राति होटलमा कम्मर मर्काएर नाच्ने फलानाको श्रीमती’ भनेको सुन्दा मन छिया–छिया हुन्छ, मन कति रुन्छ भने भनेर साध्य छैन । यस्तो बेला शौचालयमा गएर धेरै आसु बगाएको छु । राति बाह्रबजे घर पुग्दा कहीले काही श्रीमान्ले गर्ने व्यवहार खपिसक्नु हुदैन ।

‘कामले थाकेर घर आएको हुन्छु, ढोका खोल्न नभ्याउँदै कैयौंपटक श्रीमान्ले हात उठाउछन्, कटु वचन सुन्नुपर्छ । कहिले काही त साह्रै नमीठो हुने गरी भन्नुहुन्छ, त्यतिबेला लाग्छ, आखिर कसका लागि गर्दैछु यस्तो घृणित काम ? आफैँसँग प्रश्न गर्छु तर, निरुत्तर छन् मेरा प्रश्न मसँग अरू केही विकल्प छैन । यही काम पनि नगरे श्रीमानको कमाइले खर्च धान्न गाह्रो छ । हुर्कँदै गरेको छोराले बेला–बेला भन्छ, ‘रातिको काममा नजानु न मम्मी ।’ तर, उसको अबोध मनलाई के थाहा ? गरी खान कति गाह्रो छ यो सहरमा ।

‘मैले समाजका अनेक प्रकारका मान्छे देखेकी छु । समाजको उच्च वर्गको हौँ भनेर घमण्ड गर्नेहरु थुप्रै छन्, जसलाई दोहोरी, क्याबिन रेस्टुरेन्ट र डान्सबारमा नगई निद्रै पर्दैन । ती पुरुषहरु बार, दोहोरी वा क्याबिन गएर मनोरञ्जन लिन्छन् तर, त्यहीँ काम गर्ने महिलालाई भने खराब नजरले हेर्छन् । त्यस्ता ठूला भनिनेहरूको बौद्धिकता देखेर
मलाई दुःख र दया लाग्छ ।’

डान्सबारमा अनेक प्रकारका मान्छे आउछन् । धेरैजसो गलत नियतले आउने गरेको रश्मिले देखेकी छन् । डान्सबारमा काम गर्ने सबै महिलाको चरित्र ठीक हुँदैन भन्ने भ्रमले ग्रसित लाग्छ रश्मिलाई समाज । डान्सको भन्दा अरू मनोरञ्जनको अपेक्षा गर्छन् बार छिर्ने पुरुषहरू । हामी शरीर बेच्न होइन, आफ्नो कला देखाएर पेट पाल्न चाहन्छौं ।

कैयौँ गलत नियत बोकेर आएकाहरू मौका परे चिमोट्न खोज्छन्, संवेदनशील अंगमा हात पुर्‍याउन खोज्छन् । यस्तो बेला कैयौंलाई थप्पड लगाएकी छु । त्यस्तो अवस्थामा साहुले हामीलाई साथ दिन्छन् । पेसा राम्रो पनि होइन, नराम्रो पनि होइन । आफूमा भर पर्छ । मन रोए पनि जबर्जस्ती हास्नु पर्छ, अरूका अगाडि ङिच्च दाँत देखाएर नाच्नुपर्छ । तर, मन हासेको हुँदैन ।

कसले पो देख्छ र मन रोएको ? देख्छ त केवल ङिच्च हासेको । एक दिन काम सकेर घर पु¥याउने गाडी कुरेर ढोकामा उभिएकी थिएँ । एउटा पुरुष नजिक आएर सोध्यो, ‘मसँग जाने हो ? कति पैसा लिन्छेस् ?’ म छाँगाबाट खसे जस्तै भएँ । आफ्नो अस्मिता सबैलाई प्रिय लाग्छ । डर र हीनताबोधले मन भतभती पोल्यो । यति बेला रश्मिलाई चिन्ता बढ्न थालेको छ । उमेर ढल्किँदै छ, अब कति नै दिन नाच्न सकिएला र ? के गरेर जीवन धान्ने हो भनेर । उनको मनमा एउटा विकल्प छ– नाच्न छोडेपछि स्कुलमा डान्स टिचर बन्ने । आखिर बाँच्नका लागि केही न केही गर्नु पर्छ भन्नेमा उनी विश्वस्त छिन् ।

हामी पनि श्रम गरेर खाने हो । हाम्रो श्रमको उचित सम्मान भएको छैन । कानुनले तोकेअनुसार पारिश्रमिक माग्दा काम गरिखान बन्द होला भन्ने डर छ । जति दिन्छन् उति लिएर बस्नुपर्ने अवस्था छ । यसका लागि सरकारले हामीजस्ता मान्छेलाई जीवनोपयोगी तालिम दिएर बाँच्ने आधार बनाइदिए हुने । सुनिन्छ, सरकारले हामीजस्ताका लागि छुट्याएको रकम र योजना कहाँ जान्छ थाहा छैन । आफूले बारमा नाच्नेबारे माइतीका कसैलाई पनि थाहा छैन । श्रीमान्को कमाइमा बाँचेको भन्ने छ । यदाकदा आमा आएको बेला बिदामा बस्ने गरेकी छु ।

काठमाडौं सहरमा जीवनको सुनौलो भविष्य खोज्दै हिँड्दा भासिएकाहरूको कमी छैन । चार वर्षअगाडि साथीको लहै–लहैमा लागेर डान्सबार छिरेकी ललितपुरकी अस्मिता (नाम परिवर्तन) यतिबेला आफ्नो काममा पटक्कै सन्तुष्ट छैनन् । बारमा नाच्दानाच्दै बिहे भयो । काखमा एउटा सन्तान छ । श्रीमान् पनि उनीसँगै डान्सबारमा काम गर्छन् । अस्मितालाई महसुस हन थालिसकेको छ, यो पेसाले धेरै दिन चल्दैन भन्ने । तर, उनीसँग गरिखाने अरू कुनै विकल्प छैन । न हातमा सीप छ न त योग्यता नै । उमेर र कला छउञ्जेल त साहुले राख्छ, त्यसपछि के गर्ने ? अहिलेदेखि नै उनलाई पनि चिन्ता लाग्न थालेको छ ।

‘डान्सबारलाई कसैले राम्रो नमान्ने र आउनेले पनि आफ्नो हर्कत देखाउने गरेको अस्मितालाई लाग्छ । बाहिर राम्रा देखिने मान्छे पनि डान्सबार छिरेपछि अर्को रूप देखाउँछन् । चाहे महिला होस् वा पुरुष सबैले आफ्नो हर्कत देखाउन थालि हाल्छन्,’ अस्मिताले धेरै यस्ता तल्लोस्तरको व्यवहार भोगेकी छन् ।

रक्सीले लठ्ठ भएका हुन्छन्, नाच्दानाच्दै समाउन झम्टन्छन् कपाल तान्ने चिमोट्ने र बाहिर जाउ कति लिनेहो दिन्छु भन्नेको कमी हुदैन । त्यतिबेला आफूलाई धिक्कार्नुबाहेक कुनै उपाय नरहेन अस्मिता बताउछिन् । बारमा आउने कैयौं महिला पनि रक्सीले लठ्ठ परेर गेष्टलाई अँगालो मार्न जान्छन् । बारमा सबै महिला वा पुरुष एकै खालका हुँदैनन् । आफैंलाई सम्हाल्न नसक्ने महिला पनि धेरै देखेकी छन्, अस्मिताले ।

घरमा सासूलाई अस्मिताको काम थाहा छ, सासूको चाहना बुहारीले बारमा नाच्नको साटो सानो होटल खोलोस् भन्ने छ । साहुको चाहनाले होटल चल्दैन होटल चलाउन लगानी चाहिन्छ जुन कुरा जुटाउन बुुहारीको हातमा छैन । अस्मिताको श्रीमान्ले सँगै काम गरे पनि उनी श्रीमान् भन्दा बढी आम्दानी गर्छिन् । डान्सबारमा जति महिलालाई पारिश्रमिक दिइन्छ पुरुषलाई दिँदैन । अस्मिताले योजना बुनेकी छन्­– अबका केही वर्षमा श्रीमान्लाई विदेश पठाउने र आफू सानो होटल खोल्ने । जवानी ढल्केपछि जवानीको जस्तो जोसले नाच्न सकिँदैन र साहुले पनि रुचाउँदैन भन्ने उनलाई प्रष्ट भएको छ ।

Balkumari-Aale-3

म गोरखाको घ्याम्पेसालाबाट उच्चशिक्षा अध्ययन गर्ने आकखंक्षाले ०६० मा काठमाडौं आए । गाउ“को स्थानीय उच्चमाविबाट बाह्र कक्षा गरी आफैं कमाएर पढ्ने उद्देश्यले आएको हु । घरको सामान्य आर्थिक अवस्थाले मेरो पढाइ धान्न सम्भव थिएन । तर, मेरो सोचाइमा याहा आएपछि एकाएक तुषारापात लाग्यो । प्रमाणपत्र बोकेर जागिर पाउने आशमा धेरै कार्यालय धाए, चिनेजानेकालाई गुहारेँ, कसैले सुनेन मेरो कुरा ।

गाउबाट आएकी सोझी आलेको छोरीको बाह्र पासको प्रमाणपत्र खोस्टासरी भयो, कसैले पत्याएनन् । विश्वास नेपालको अध्यक्ष बालकुमारी आले भन्छिन् । विगत सात वर्षदेखि होटल रेस्टुरेन्टको क्षेत्रमा काम गर्दै आएका महिला कामदारको हितमा काम गर्ने उक्त संस्थामा रहँदा आलेसँग तीनै क्षेत्रका महिलाका धेरै पीडादायक कथा छन् ।

बाहिरकाले हेर्ने दृष्टि राम्रो छैन, सँगै काम गर्न पनि कठीन छ, होटल रेस्टुरेन्टमा । काठमाडौंको कठिनतालाई झेल्दै गाउ“ले दाजुको सहयोगमा दोहोरी गाउन थालिन् बालकुमारीले । उनले काम गर्ने होटलमा सबैभन्दा धेरै पढ्ने महिलामा गनिन्थिन् उनी । धेरै महिला स्टाफ र पुरुषबीच उनी सबैको आकर्षक थिइन् ।

अरूभन्दा उनी फरक देखिन्थिन्, भर्खर–भर्खर गाउबाट आएकी सोझी भनेर सबैले माया र सहयोग गर्थे उनलाई । ‘म बाध्यताले दोहोरी गाउन गएको थिएँ । तर, त्यहाँ काम गर्ने सबै बाध्यताले काम गर्ने थिएनन् । अहिले पनि होटलमा काम गर्ने सबै महिला बाध्यताले गएका छैनन्, कैयौँ रहर, शोख र उच्च आकांक्षाले पनि गएका छन् ।’

– अरू साँझ परेपछि झोलामा तरकारी बोकेर घर आउँथे, म भने साँझ परेपछि झोला बोकेर दोहोरी जान्थेँ, त्यतिबेला साह्रै मन दुख्थ्यो । मलाई पनि रहर थियो साँझमा झोलामा तरकारी बोकेर कोठामा छिर्ने । फेरि होटलको वातारण पनि सम्झनलायक हुँदैन थियो । चुरोटको धुवाँको मुस्लो, वाकवाकी लाग्ने रक्सीको गन्ध र मातिएकाहरूको भद्दा बोली खपी नसक्नुको हुन्थ्यो ।

त्यस्तै त्यहाँभित्र हुने दुव्र्यवहार र पाउने पारिश्रमिक अति नै कम हुन्छ । बिरामी हुँदा बिदा पाइँदैन । घरबाट कोही आए ढाँटेर काममा जानुपर्छ । साच्चै कहालीलाग्दो छ, होटल रेस्टुरेन्टमा काम गर्ने महिलाको अवस्था । ‘रातको दुई बज्थ्यो कोठामा गुग्दा । छोरी मान्छे दुई बजे कोठा ढकढक्याउदा अरूलाई नराम्रो लाग्नु स्वाभाविकै हो, आफैंलाई अफ्टेरो लाग्थ्यो । तर, अरू उपाए पनि थिएन ।

कैयौँपटक घरभेटीले प्रश्न गर्थे, मैले दोहोरीमा गाउनेबारे श्रीमान्बाहेक कसैलाई थाहा थिएन । अहिले पनि मन फुकाएर भन्न सक्दिनँ म पहिले दोहोरी गायक हु भनेर । म मात्र होइन, यो क्षेत्रमा काम गर्ने कसैले पनि मन फुकाएर भन्न सक्दैनन् । म होटलमा काम गर्छु, दोहोरी गाउछु वा क्याबिनमा काम गर्छु भनेर । आले जस्तै होटल रेस्टुरेन्टमा काम गर्ने महिला मिलेर जन्माएको संस्था हो, विश्वास नेपाल । हिजोआज उनी संस्थामा व्यस्त छिन् । होटलमा दोहोरी गाएको दिन सम्झन नपरे हुन्थ्यो भन्ने लाग्छ, उनलाई ।

बेला–बेला हुने विश्वास नेपालको कार्यक्रममा महिलाहरू हासो ठट्टा गर्दागर्दै एकाएक रुन्छन्, आफूले काम गर्ने रेस्टुरेन्टको दृश्य सम्झेर । कतिले मन बुझाएका छन् । मेरो काम नै यस्तै हो सबै सहनुपर्छ भनेर । साहुले जति बढी सेल गरायो उति राम्रो रूपमा लिने हुदा उनीहरूको ध्यान बढी सेल गराउनेतिर जाने उनको बुझाइ छ । महिला कामदारले ग्रहकसँगै बसेर वाइन खाइदिए वा उनीहरूलाई बढी खान प्रेरित गरे साहु खुसी हुने हुदा रेस्टुरेन्टमा काम गर्ने महिला नचाहँदा नचाहँदै ग्रहकसँग नजिकिन बाध्य हुने आले बताउँछिन् ।

–कल्पना गर्नुस्, रक्सीले मातेको मान्छे एउटा पुरुषले महिलालाई गर्ने व्यवहार कस्तो होला । त्यो महिलाप्रतिको अप्रत्यक्ष दबाब हो । साहुले सिधै भन्दैन तिमी फलानासँग रात बिताउ वा आफ्नो अस्मिता दाउमा लगाउ भनेर जसरी पनि बढी सेल्स गराउ भन्छ । समयमा तलब पाउने र साहुको नजिकको पात्र बन्ने सबैको होड हुन्छ । टिप्सको भरमा चल्नुपर्ने हुदा ग्राहकतिर जान्छ महिला कामदारको ध्यान । साहुको तलब नाम मात्रको हुन्छ ।

कुनै ग्राहक पैसा नतिरी गयो भने सँगै बस्ने महिला स्टाफको तलब काटिन्छ । आलेले समाजको अनेक प्रकारका मान्छे देखेकी छन् । समाजको उच्च वर्गको हुँ भनेर घमन्ड गर्नेहरू थुप्रै छन् जसलाई दोहोरी, क्याबिन, रेस्टुरेन्ट र बार नगई निद्रा पर्दैन । बार, दोहोरी, क्याबिन गएर मनोरञ्जन लिन्छन् । तर, त्यहीँ काम गर्ने महिलालाई भने खराब नजरले हेर्छन् । ती ठूला भनिनेहरूको बौद्धिकतामा दुःख र दया लाग्छ आलेलाई ।

विश्वास नामक गैरसरकारी संस्थाको अध्यक्ष भएपछि धेरै बुझेकी छन् बालकुमारीले । होटलमा काम गर्ने महिलाका हितमा काम गर्ने उक्त संस्थामा अनेक समस्या आउ“छन् । –यति बेला प्रमुख समस्या बनेको छ लिभिङ टुगेदर । माया प्रेमको नाटक गर्छन् महिलाले कमाएको सँगै बसेर खान्छन् जब महिला गर्भवती वा काम गर्न नसक्ने हुन्छन्, अनि भाग्छन् पुरुषहरू । यस्ता समस्या धेरै आउने गरेका छन् विश्वास नेपालमा ।

बेला–बेला हुने विश्वास नेपालको कार्यक्रममा महिलाहरू हासो ठट्टा गर्दागर्दै एकाएक रुन्छन्, आफूले काम गर्ने रेस्टुरेन्टको दृश्य सम्झेर । कतिले मन बुझाएका छन् । मेरो काम नै यस्तै हो सबै सहनुपर्छ भनेर । साहुले जति बढी सेल गरायो उति राम्रो रूपमा लिने हुदा उनीहरूको ध्यान बढी सेल गराउनेतिर जाने उनको बुझाइ छ ।

बालकुमारीको अगाडि समस्याका चाङ छन् । उनी भन्छिन्, ‘पछिल्लो समय नेपालबाहिर जाने महिलाको संख्या बढदो छ । नेपालमा होटलमा काम गर्नेलाई राम्रो मानिँदैन । तर, त्यही काम विदेशमा गर्दा कसैले पत्तै पाउदैन आफन्तले पत्तो पनि नपाउने विदेश गएको पनि भनिने भएकाले धेरैको आकर्षण उतातिर बढेको हो । नेपालमा ढाटेर काम गर्नुपर्ने हुदा विदेशमा जान्छन् । होटलको कामलाई राज्यले व्यवस्थित बनाउनुपर्ने आलेको आग्रह छ ।
dance-bar

राज्यले निर्देशिका जारी गर्छ, कार्यान्वयनहुँदैन । काम गरेर खान पाउने वातारण बनाउन राज्य क्रियाशील हुनुपर्ने आलेको भनाइ छ । उनको नजरमा होटलमा काम गर्ने तीन प्रकारका महिला छन् । अवसर खोज्दै आएकाहरू, घरेलु हिंसामा परेकाहरू र छोराछोरीबीचको विभेद अनुभूति गरेर उच्च महत्वाकांक्षा बोकेकाहरू ।

समयसँगै होटलमा काम गर्नेको समस्या सबैको चासो र सरोकार बनेकोमा उनलाई खुसी लागेको छ । सबै वर्ग, तह र क्षेत्रले होटलमा काम गर्ने महिलाको समस्या कुनै न कुनै माध्यमले उठाउने गरेको उनलाई लाग्छ । सायद त्यसैले होला हिजोआज महिलाहरू पनि आफ्ना समस्या खुलेर राख्छन् ।

हिसा भए प्रतिकार गर्छन् पहिले–पहिले जस्तो सहेर बस्न छोडेका छन्, होटलमा काम गर्ने महिलाले । आलेका अनुसार आफूजस्तै उक्त क्षेत्रमा काम गर्ने संस्था र सरकारले सकारात्मक रूपमा लिने हो भने होटल इज्जतका साथ काम गरेर खाने माध्यम बन्नेछ ।

– चमिना भट्टराई

प्रतिक्रिया