धरानमा रिफ्रेसर कोर्ष र निर्णायक तालिम सुरू

2धरान, ५ चैत । सातौं राष्ट्रिय तेक्वान्दो निर्णायक तालिम तथा आठौं निर्णायक रिफ्रेसर कोर्ष र प्रथम पुम्से निर्णायक तालिम धरानको कर्बड हलमा सुरु भएको छ ।

बुधबार भएको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले रेफ्रीलाई दिइने यस्ता तालिमले खेलको विकास र प्रगती हुने बताए ।

गुरुङले मुलुकको कुनै पनि खेलकुदको विकास हुन नसकेको र यसको विकास नहुनुमा राष्ट्रिय खेलकुद परिषद् जिम्मेवार भएको उनले बताए ।

‘मुलुकको खेलकुद संरचना नै गलत छ, यो संरचना रहेसम्म कुनै पनि खेलकुदको विकास हुदैन’, उनले भने ।

खेलकुद विकास समिति सुनसरीका अध्यक्ष नरेन्द्र चोङबाङ र नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

तालिममा पूर्वाञ्चलका प्रशिक्षार्थीकहरु सहभागी भएका छन् । तालिम शनिबार सम्पन्न हुने कार्यक्रम संयोजक राजेन सुब्बाले बताए ।

तालिममा नेपाल तेक्वान्दो संघ निर्णायक समितिका संयोजक राजेश प्रजापति, सचिव नवीनकुमार श्रेष्ठ र सदस्य प्रमोद पराजुलीले प्रशिक्षण दिने सुब्बाले बताए ।

प्रतिक्रिया