कोरियामा नेपाली कामदार सुरेशले आत्महत्या गरे

Suresh Nepalदक्षिण कोरिया, ३० फागुन । दक्षिण कोरियामा इपिएसमार्फत आएका एक नेपाली कामदारले शुक्रबार बेलुका आत्महत्या गरेका छन् ।

८ महिना अघिमात्रै कोरिया आएका मोरङ बेलबारी गोठगाउँका २३ वर्षीय सुरेश नेपालले आफू बस्ने कोठा नजिकैको रूखमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

कोरियाको छंजुस्थित एक गाई फार्ममा काम गर्दै आएका थिए ।

उनले भर्खरै१२ कक्षा पास गरेर इपिएसमार्फत कोरिया आएको नजिकका साथीहरूले बताएका छन् ।

उनले अत्महत्या गर्नुको कारण खुल्न नसकेको डाइनामिक मोरङका अध्यक्ष डा. देवीबहादुर बस्नेत र दुतावासका श्रमसहचारी अनिल गुरुङले बताएका छन् ।

नेपालले आत्महत्या गरेपछि बस्नेत र गुरुङ घटनास्थलमा पुगेका थिए ।

कोरियामा गत फेब्रअरी २० मा मात्र झापा धुलाबारी– ६ का २५ ववर्षीय छविलाल भण्डारीले आत्महत्या गरेका थिए ।

कोरियामा आत्महत्या गर्ने नेपालीको संख्या डरलाग्दो रुपमा बृद्धि हुदै गएको छ । गएको २ महिना भित्रमा ५ नेपालीको कोरियामा मृत्यु भइसकेको छ ।

(हेल्लो नेपाल कोरिया डटकमको सहयोगमा)

प्रतिक्रिया