नेपालले आज भारतको सामना गर्दै

 

  • विश्वकप फुटबलको प्र्रारम्भिक छनोट

Nep vs Indकाठमाडौं, २८ फागुन । नेपाल र भारतबीच आज (बिहीबार) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा फिफा विश्वकप २०१८ र एएफसी एसियन कप २०१९ को प्रारम्भिक योग्यता चरणअन्तर्गत राउन्ड एकको भिडन्त हुँदै छ । सन् १९८५ मा ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुदमा पहिलोपटक भिडेयता यी दुई देशबीच १५ पटक भिडन्त भएको छ, जसमा ११ खेलमा भारत र दुईवटामा नेपाल विजयी भएका छन् ।

नेपाली टोलीका प्रमुख प्रशिक्षक ज्याक स्टेफानोस्की र सहायक प्रशिक्षक हरि खड्का छन् भने भारतीय टोलीका प्रमुख प्रशिक्षक स्टिफन कोन्स्टानटिन छन् । स्टिफन आठौं साफ खेलकुदको समयावधितिर नेपालका प्रमुख प्रशिक्षक थिए । कप्तान सागर थापाको नेतृत्वमा नेपाली टोलीले सन्तुलित खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ ।
खेल बेलुका ७ः१५ बजे सुरु हुँदै छ ।

प्रतिक्रिया