श्रीलंका ट्वान्टी २० विश्वकप च्याम्पियन

herathढाका, २३ चैत । लागातार बिश्वकप फाइनलमा पराजित हुदै आएको श्रीलंकाले यस बर्षको ट्वान्टी २० बिश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार बंगलादेशको मिरपुरमा भएको फाइनलमा श्रीलंकाले भारतलाई ६ विकेटले पराजित गर्‍यो । भारतले छाडेको १३१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १३ बल बाकी रहदा चार विकेटको क्षतीमा १३२ रन प्रहार गर्‍यो । श्रीलंकाका लागि कुमार संगाकाराले अविजीत रहदै ३५ बलमा ५२ रन प्रहार गरे । उनले ६ चौका र एक छक्का प्रहार गरे । भारतीय स्पीनरको दवदवालाई पार गर्ने क्रममा सांगकाराले थिसरा परेरासंग मिलेर पाचौ विकेटका लागि अविजित ५४ रनको साझेदारी गरे । परेराले १४ बलमा २१ रन जोडे । उनको पारीमा विजयी चौका र दुइ छक्का समाबेश थियो । श्रीलंकाका महेला जयबद्र्धनेले २४ बलमा २४ तथा तिलकरत्ने दिलसानले १६ बलमा १८ रन जोडे ।
भारतका सुरेस रैनाले चार ओभरमा २४ रन खर्चीदै एक विकेट लिए । रबिचद्र अश्वीने २श्र५ ओभरमा २८ रन खर्चीदैर् क विकेट लिए । दुइओभरमा पहिलो स्पेलमा उनले सानदार बलिङ गर्दै ८ रन खर्चेर एक विकेट लिएका थिए । श्रीलंकाले सन् १९९६ मा बिश्व्कप जिते यता कुनै प िस्टाइलको खेलमा बिश्वकप जितेको यो पहिलो पटक हो । यस विचमा श्रीलंका ५० ओभर र ट्वान्टी २० गरी लगातार पाच बिश्वकपको फाइनल प्रबेश गरेको हो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले चार विकेटको क्षतीमा १३० रन जोड्यो । खेलमा संयमीत देखिएको भारत अन्तिम ओभरमा भने श्रीलंकाली बलरका सामु निरह देखिएको थियो । भारतले अन्तिम चार ओभरमा १९ रन मात्र जोड्यो । भारतका लागि विराट कोहलीले सर्वाधीक ७७ रन जोडे । उनी अन्तिम बलमा रन आउट भए । ५८ बलको सामना गरेका कोहलीले पाच चौका र चार छक्का प्रहार गरे । रोहीत शर्माले २६ बलमा २९ रन जोडे । युवराज सिंहले २२ बलको सामना गरे पनि २९ रन जोडे ।
श्रीलंकाका नवान कुलसेकराले चार ओभराम २९ रन खर्चीदै एक विकेट लिए । रंगाना हेराथले चार ओभरमा २३ रन खर्चीदै एक विकेट लिए । एन्जोलो म्याथ्युजले चार ओभरमा २५ रन खर्चीदै एक विकेट लिए । सचित्रा सेनानायकले चार ओभरमा २२ रन माध खर्चे ।

प्रतिक्रिया