अन्तर्राष्ट्रिय रंगशाला अध्ययन समितिद्वारा प्रतिवेदन हस्तान्तरण

yubaraj copyकाठमाडौं, १२ चैत । काठमाडौंको पुतलीडाडा सामुदायिक वन तथा गाम्चा सामाुदायिक बन रहेको स्थानमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न सकिने एक अध्ययनले देखाएको छ । युवा तथा खेलकुद मन्त्रालयकातत्कालिन उप सचिव (हाल सामान्य प्रसासन मन्त्रालयमा सहसचिव) सूर्य प्रसाद शर्माको संयोजकत्वमा विस २०७०१० महिना नौ गते गठीत अध्ययन समितिले सो निष्कर्ष निकालेको हो । शर्मा सहित राष्ट्रिय खेलकुद परिषदका निर्माण शाखा प्रमुख अरुण उपाध्याय र राखेपका इन्जीनियर संजिव आचार्यको तीन सदस्यीय टोलीले आफ्नो अध्ययन प्रतिवेदन आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई बुझाएका हुन् ।
अध्ययन प्रतिवेदनमा पुतलीडाडा सामुदायिक वन तथा गाम्चा सामाुदायिक बन रहेको स्थानमा ४ सय मिटर गुणा ३ सय ७० मिटर जग्गा अन्दाजी १ सय रोपनी जग्गा उपलब्ध हुन सक्ने सहितको प्रतिवेदन बुझाएको हो । ४० हजार दर्शकलाई बस्न मिल्ने गरि अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न सकिनेछ । त्यस्तै प्रतिवेदनले सोही क्षेत्रमा पर्ने गुठ सल्लाघारी सामूदायिक बन, रातामाटेडाडा सामूदायिक बन लगायत एउटै स्थानमा रहेका सामुदायिक बन रहेको क्षेत्रमा ४ हजार ब्र्गमिटर क्षेत्रफलका दरले जग्गा प्राप्त गरि ८ देखि १० वटासम्म स्पोर्टस भेन्यू बनाउन सकिने समेत देखाएको छ । प्रतिवेदनमा उक्त क्षेत्रको पश्चिम पटी मोटरबाटो रहेको र पूर्वपटीको भागमा समेत मोटरबाटो रहेको र मूल सडकबाट मोटरबाटोका लागि सर्भे भैरहेको कारण पनि यातायातको हिसाबले ती क्षेत्रमा रंगशाला बनाउन उपयुक्त देखिने समेत औल्याएको् छ । युवा तथा खेलकुद मन्त्रालयले विस २०७० साल ९ माघमा काठमाडौंको गोकर्ण, बालुवा र चुपिनखेल गाविस अन्तगर्त गर्ने सामुदायिक बन क्षेत्रका पर्ति जग्गामा अन्तराष्ट्रिय खेलकुद स्थल निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदको आग्रहमा सो अध्ययन समिति गठन गरेको थियो । (सौस)

प्रतिक्रिया