‘आर्सनल नै सक्षम’

लन्डन : आर्सनलले १२ खेलको समापतीमा नौ अंकको अग्रता कायम गरि सक्दा पनि यो टोलीले इंग्लीस प्रीमीयरसीप उपाधि जित्न सक्छ या सक्दैन भन्ने बहस सुरु भएको छ । आर्सनल राम्रो टोली भए पनि ३८ खेलको लामो यात्रामा स्थीर रहन सक्ने टोली नभएको थुप्रै बिश्लेशक बताउछन् । अन्त्य सम्म अंक तालीकाको शिर्ष स्थानमा रहनका लागि इन्जुरीबाट मुक्त रहन त आबस्यक छदैछ साथै विचमा हुन सक्ने खराब प्रदर्शनबाट पनि जोगीन आबस्यक छ । साथै महत्वपूर्ण खेलमा जित त हात पार्न पर्छ नै ।
लिगका एक तिहाइ खेल सकिदा आर्सनलले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ । तथापी यो स्तरीयता कायम रहने कुरामा भने शंका नै छ । यो सत्र आर्सनलको सबैभन्दा महत्वपूर्ण जितको रुपमा इमिरेट्समा लिभरपुल माथि हता पारेको २–० को जित रहेको छ । शिर्ष तीनमै रहेको साउथहाम्टन माथिको जित पनि महत्वपूर्ण रहेको छ ।
युरोपेली प्रतियोगितामा पनि डर्टमन्ड गएर हात पारेको जित र नेपोली मािथको विजयले आर्सनलको उत्कृष्ट स्तरलाई पुष्टि गरेको छ । क्रिसमसको आसपासमा आर्सनलले दुइ महत्वपूर्ण खेल खेल्ने छ । एउटा इत्तेहादमा र त्यस पछि चेल्सीको मैदानमा खेल्ने छ । गोल अन्तरमा धेरै नै राम्रो रहेको कारण म्यानचेस्टर कमजोर छैन । धेरैले त होसे माउरिन्हाले फेरी चेल्सीलाई उपाधि दिलाउने अनुमान गरिसकेका छन् । चेल्सी चार अंकले मात्र पछि रहेको छ ।
ओलीभर गीरोर्ड भन्दा पछि खेल्ने मेसुट ओजील, सान्टी काजरोला र आरोन राम्सीको समन्वयका कारण आर्सनल उत्कृष्ट मानीन्छ । ओजील, राम्सी र गीरोर्डले चार अबसरको सृजना गरिसकेका कारण यी मध्य को उत्कृष्ट भन्ने छनेट गर्न पनि धेरैलाई कठिन नै छ । १२ खेलमा १० गोल मात्र खाएको कारण पनि आर्सनलको रक्षापक्ति त्यत्तिकै उत्कृष्ट मानीन्छ । पेर मास्टेकार र लाउरेन्ट कोसीनीले मिडफील्डमा रहेर रक्षकलाई सहयोग गर्ने भएका कारण आर्सनलको रक्षापक्ति इग्लीस प्रीमीयरसीपकै राम्रो मान्नेको पनि कमी छैन । अन्तिम समयमा एक गोलको अग्रता भए मानरेललाइै ओजीलको स्थानमा खेलाउने गरिन्छ । यसबाट पनि प्रशिक्षकको स्पनिस खेलाडी मोनरले माथिको बिश्वास प्रस्ट हुन्छ ।
३३ बर्षिय चेक मिडफील्डर टोमास रोसेस्की बेन्चमा नै धेरै रहेने गरेका छन् । टोलीमा रहेका मध्य सबैभन्दा सक्रिय पाका खेलाडी रोसेस्की नै हुन् । (एजेन्सी)

प्रतिक्रिया