काठमाडौं, १५ मंसिर । नेपाल ट्रायथन संघले पोखराको फोवातालमा दोस्रो दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप प्रतियोगिताको आयोजना गर्ने भएको छ । २९ मार्चमा हुने उक्त च्याम्पियसिपनमा दक्षिण एसियाका सम्पूर्ण देशलाई सहभागीताका लागि पहल गरिने ट्रायथलन संघका अध्यक्ष गणेशमान पुनले बताए ।
संघका अध्यक्ष गणेशमान पुन रुकुम १ निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य पदमा निर्वाचिन भएको अवसरमा संघले आयोजना गरेको बधाइ कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । पर्वतिय खेलकुद महोत्सवको अवसरमा यस अघि ३० मार्च २०१३ मा पहिलो पटक संघले प्रथम दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप गरेको थियो । पुन एमाओवादीको तर्फबाट रुकुम १ बाट निर्वाचित भएका हुन् । उनलाई ट्रायथलन एसोसिएसनका महासचिव निलेन्द्रराज श्रेष्ठले सम्मानपत्र प्रदान गरे । त्यस अबसरमा श्रेष्ठले भने, ‘हाम्रो संघका अध्यक्ष पुन संविधासनसभा सदस्यमा निर्वाचिन हुनु गौरवको कुरा हो । यो खेलकुद क्षेत्रकै लागि महत्वपूर्ण छ ।’ श्रेष्ठले पुनले खेलकुदको विकास र विस्तारमा योगदान दिन सक्ने समय आएको बताए ।
सो अवसरमा बंगलादेश ट्रायथलन एसोसिएसनकातर्फ महासचिव महमुदुल करिमले दक्षिण एसियाली ट्रायथलन महासंघका अध्यक्ष तथा नेपाल ट्रायलथन एसोसिएनका महासचिव निलेन्द्रराज श्रेष्ठलाई सम्मान प्रत्र प्रदान गरे । बंगलादेश ट्रायथलन एसोसिएसनले छोटो समयमा नेपालमा ट्रायथलन खेलको विकास गरि नमुना प्रस्तुत गरेको भन्दै निलेन्द्रलाई सम्मान गरेको थियो । बंगलादेश ट्रायथलन एसोसिएसनका महासचिव महमुदुल करिमले नेपालमा ट्रायथलन खेलको विकासका लागि संघले निकै काम गरिरहेको बताउादै भने, ‘नेपाल र बंगलादेशले मिलेर संयुक्तरुपमा ट्रायथलनका लागि काम गर्न सकिन्छ । त्यसका लागि हामी छलफल गरिरहेका छौं ।’
प्रतिक्रिया