काठमाडौ : पछिल्लो समय नेपाली करातेमा गोजुरियो करातेकर्मीको सक्रियात बढ्दो छ । गोजुरियो कराते तीन भागमा विभाजीत भए पनि यीनीहरुका सबै निकास सक्रिय रहेका छन् । नेपाल गोजुरियो कराते संघको सुदुर पीश्चमाञ्चल शाखाले धनगढीमा चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिताको तयारी गरिरहेको छ । यता, नेपाल ओसुकाइ गोजुरियो करातेले भदौ महिनामा नै काभ्रेमा बृहद कराते प्रतियोगिताको तयारी गरिरहेको छ।
प्रतियोगिताको आयोजनमा मात्र होइनदख , अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली गोजुरियोको सहभागिता त्यत्तिकै ब्यापक रहेको छ । बंगलादेश, मलेसिया र भारत यीनीहरु सहभागि हुने खास क्षेत्र हुन् । गत बषृ बंगलदोशमा भएको गोजुरियो कराते प्रतियोगितमा नेपाली कराते कर्मीको सहभागिता ब्यापक रहेको थियो भने बंगलदेशमा भएको कराते प्रतियोगितामा नेपाली गोजुरियो करातेले प्रापत गरेको परिणाम पनि महत्वपूर्ण रहेको थियो ।
सबै खेलाडीको मिहेनत र परिश्रमका कारण यो सम्भब भएको कराते प्रशिक्षक ओमकृष्ण प्रसाइ बताउछन् । सुरुवाती दिनमा नै नेपाल गोजुरियो कराते संघका हर्ताकता भएका ओकृष्ण सहितको समुहले नेपालमा गोजुरियोलाई अघि बढाएको एक दशक भइसकेको छ । यस क्रममा थुप्रै करातेकर्मीको प्रयासमा गोजुरियो करातेले अन्तराष्ट्रिय आबद्धता मात्र होइन, अन्तराष्ट्रिय स्तरको प्रतियोगितमा सहभागि गराउने काम पनि सुरु भएको हो । यो एक दशकमा उनले गोजेरियो करातेका केही प्रशिक्षकले आफूलाई अब्बल पनि राखे । गोजुरियो कराते महासंघका अध्यक्ष बि आर मित्रा र महासचिव ओमकृष्ण प्रसाय दुवैले अन्तराष्ट्रिय क्षेत्रमा ठूला प्रतियोगितामा रेफ्रिको भुमिका निर्बाह गर्दै गए ।
हाल प्रसासनीक क्षेत्रमा पनि यो संघको अस्तीत्व रहेको छ । गोजुरियो ओसुकाइका ओमकृष्ण नेपाल कराते महासंघका सचिव पनि रहेका छन् । ‘ महासंघमा जिम्मेवार भुमिकामा रहे पछि अब केही नया सोचाइका साथ काम गर्ने छौ । ’ प्रसाइ भन्छन् । ओकृष्णकै शिष्य शशांक श्रेष्ठ नै राष्ट्रिय च्याम्पियनसीपमै स्वर्ण पदक जित्ने सितेरियो बाहेकका पहिलो खेलाडी भएका थिए । काठमाडौमा भएको पाचौ राष्ट्रिय खेलकुदमा उनले स्वर्ण पदक जितेका थिए । बार्षिक साधारण सभा, निीश्च समयमा निर्बाचन र बार्षिक राष्ट्रिय प्रतियोगिता जस्ता निमित कार्य गर्ने थोरै खेलकर्मी मध्य गोजुरियो कराते कर्मी रहेका छन् । (सौस)
प्रतिक्रिया