दुर्गमका मपेटिका आजै ल्याई सकिने

Election Ballat Boxकाठमाडौं, ६ मंसिर । संविधानसभा सदस्यका लागि मंसिर ४ गते भएको निर्वाचनको अधिकांश क्षेत्रमा मतगणना कार्य जारी छ ।

निर्वाचन आयोगले आज (बिहीबार) एक बजे जारी गरेको बुलेटिन अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गतका २ सय ४० क्षेत्र मध्ये १ सय ६७ क्षेत्रमा मत गणना भई रहेको छ । हिमाली तथा दुर्गम पहाडी जिल्लामा पैदाल मार्गबाट मतपेटिका ल्याउन सम्भव नभएका मतदान केन्द्रका मतपेटिकाहरू हेलिकोप्टरको प्रयोग गरी सङ्कलन गरिएको आयोगले जनाएको छ ।

आज बिहान १० बजेसम्म मुस्ताङ, अछाम, संखुवासभा जिल्लाको मतपेटिका ल्याइसकिएको छ । हुम्ला, ताप्लेजुङ, मुगु, रोल्पा, जाजरकोट र गोरखा जिल्लाका विकट मतदान केन्द्रका मतपेटिका पनि आजै ल्याइसकिने व्यवस्था गरिएको आयोगको भनाई छ ।

प्रतिक्रिया