मनाङमा कांग्रेसका गुरुङ बिजयी

Nepali Congressकाठमाडौं, ६ मंसिर । मनाङ जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले विजयी हासिल गरेका छन् ।

मतपरिणाम अनुसार, गुरुङले १ हजार ५ सय २७ मत ल्याएर विजयी भएका हुन् । मनाङमा एक सिट मात्रै छ ।
गुरुङका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रिपल पी गुरुङ रहेका थिए ।

उनले १ हजार १ सय ९२ मत प्राप्त गरेको आयोगले जनाएको छ । सो निर्वाचन क्षेत्रमा ५ वटा राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया