मैत्रीपूर्ण खेलमा नेपाल पराजीत

सिलगुडी : सिलगुडीमा भएको मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग पराजीत भएको छ । मंगलबार भएको खेलमा भारतले नेपाललाई २–० ले पराजीत गरेको हो । सीलुगुढी स्थित कञ्चनजंगा रंगशालामा भएको खेलको पहिलो हाफमा सुनिल छेत्रीले गोल गरे । त्यसै गोलसंगै सुनील भारतका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम गर्न फल भए । उनले खेलका २१ औ मिनेटमा नेपालविरुद्ध गोल गरेका थिए । किलिफोर्ड मिरान्डाले दोस्रो हाफमा गोल गर्दै भारतीय टोलीलाई जित दिलाए ।
नेपालका प्रमुख प्रशिक्षक ज्याक स्टेफानोस्कीले आठौ सागमा भारतसाग भिड्काको  भन्दा टिमका दुइ परिवर्तन गरेका थिए । त्यतिबेला भारतलाई हराउदा टिममा जुमानु राई र विक्रम लामा थिए । उनीहरुलाई रोहित चन्द र भरत खवासको स्थानमा ल्याइएको हो ।
बैंगलोरका स्ट्राइकर सुनिल छेत्रीले नेपालविरुद्ध भएको मैत्रीपूर्ण खेलको २१ औ मिनेटमा गोल गर्दै ४३ औ अन्तर्राष्ट्रिय गोल पुरा गर्दै भारतका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचिको शिर्ष स्थानमा रहन सफल भएका हुन् । यस अघि भाइचिङ भुटियाले भारतका लागि ४२ औ अन्तर्राष्ट्रिय गोल गर्दै कीर्तिमान राखेका थिए । छेत्रीले गत शुक्रबार मात्र भाइचिङ भुटियाले गरेको अन्तर्राष्ट्रिय गोलको बराबरी गरेका थिए ।
कीर्तिमानी बराबरी ४२ औं अन्तर्राष्ट्रिय गोल गरेपछि छेत्रीले भने, ‘ किर्तिमान गर्ने महत्वकाक्षा छैन ।’
फिलिपिन्ससाग शुक्रबार भएको मैत्रीपूर्ण खेलमा भारतका लागि एक गोल गर्दै छेत्रीले सो उपलब्धी हासिल गरेका थिए ।
छेत्रीले ८० खेलबाट ४२ गोल गरेका हुन् जबकि भुटियालाई सो गोल गर्न १ सय ७ अन्तर्राष्ट्रिय खेल खेल्नु परेको थियो । त्यसैगरि आइ एम विजयानले ४० गोल गरेका छन् । (सौस)

प्रतिक्रिया