काठमाडौं, ४ मंसिर । काठमाडौंको भोटेबहालमा बम विष्फोट हुँदा तीन बालबालिका घाइते भएका छन् ।
बालबालिकाले खेलौना ठानेर बम खेलाइरहेकाबेला आज (मंगलबार) विष्फोट भएको हो । बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । स्थानीयले नेकपा–माओवादीले निर्वाचन विथोल्नका लागि बम विष्फोट गराएको हुन सक्ने अनुमान गरेका छन् ।
घाइते हुनेमा सात बर्षीय बालक सबिन खड्गी, ८ बर्षीया गंगा बलामी र ९ बर्षीया सुनीता बलामी रहेको प्रहरीले जनाएको छ । उनीहरुको बीर अस्पतालमा उपचार भैरहेको छ । खड्गीको अवस्था गम्भीर छ । उनको दायाँ हात नै उडेको छ ।
प्रतिक्रिया