काठमाडौं, ३ मंसिर । अभय गौचन र आभाष मल्ल प्रथम नेपाल जुनियर खुला लनटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा अभयले एन्डीलाई ६–० र ६–१ तथा आभाषले अनुस्थान तामोरलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरे ।
यु–१४ ब्वाइज सिंगल्समा प्रनव खनालले कस्तुपराज पाण्डेलाई ६–३ र ६–३, सत्यप इल्मिले सुलभ धिताललाई ६–२ र ६–२, सक्षम कार्कीले विवेक श्रेष्ठलाई ६–३ र ६–१ तथा अन्जन थिङले सत्यानन् तामोरलाई ६–१ र ६–० को सीधा सेटमा निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१८ ब्वाइज डबल्समा आभाष मल्ल र सक्षम कार्कीको जोडीले आनन्द गौचन र अचल थापाको जोडीलाई ६–२ र ६–३ तथा विवेक श्रेष्ठ र कस्तुपराज पाण्डेको जोडीले समोज श्रेष्ठ र सहज श्रेष्ठको जोडीलाई ०–६, ६–१ र ६–१ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा पुगे । रेन्जन लामा र अन्जन थिङ तथा अभिषेक विष्ट र गणेश कार्कीको जोडी पनि वाइ पाएर सेमिफाइनलमा प्रवेश गरे ।
यु–१८ ब्वाइज सिंगल्सको २ घण्टा ३५ मिनेटसम्म चलेको आनन्द गौचन विरुद्धको खेलमा सुमन कार्की ३–६, ६–३ र ६–४ ले विजयी हुदै सेमिफाइनलमा पुगेका छन् । त्यस्तै, आभिषेक विष्टले सोमज श्रेष्ठलाई ६–० र ६–१ तथा संरक्षकभूषण वज्राचार्यले पूर्व यु–१२, यु–१४ र यु–१६ च्याम्पियन अचल थापालाई ६–३ र ६–३ ले हराउदै सेमिफाइनलमा यात्रा तय गर्न सफल भए । गणेश कार्की पनि वाइ पाउदै अन्तिम चारमा पुग्न सफल रहे ।
यु–१४ गल्र्स सिंगल्समा विभूति कार्कीले लक्ष्मी विश्वकर्मालाई ६–१ र ६–०, एनी माथेमाले माहिका राणालाई ६–२, १–६ र ६–१, विजिशा श्रेष्ठले इरा राउतलाई ६–४, ५–७ र ६–४ तथा मायांका राणाले उत्सवी जोशीलाई ६–३ र ६–० ले पन्छ्याउदै अन्तिम चारमा पुगेका छन् । इरा विरुद्ध जित निकाल्न विजिशालाई २ घण्टा ४५ मिनेट समय लागेको थियो ।
यु–१८ गल्र्स डबल्समा खुशी पाण्डे र करुणा गौचनको जोडीले आकृति शाह र राधा भुजेलको जोडीलाई ६–१ र ६–० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।
जुनियर टेनिस खेलाडीहरूका अभिभावकको सक्रिएतामा सञ्चालित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा करुणा गौचनले क्याथ्रिन माथेमालाई ५–७, ६–२ र ६–३, खुशी पाण्डेले अल्सा रेग्मीलाई ६–१ र ७–६ तथा एनी माथेमाले उत्सवी जोशीलाई ६–२ र ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।
यु–१० गल्र्स सिंगल्समा अभिलाशा विष्टले इशाश्री शाहलाई ८–३, सलोनी तामाङले मानवी शाहलाई ८–५, आशियाना प्रसाईंले आर्या प्रसाईंलाई ८–३ तथा निमान्शा तामोरले सहिशा जोशीलाई ८–३ ले हराउदै सेमिफाइनलमा पुग्न सफल रहे ।
यु–१० ब्वाइज सिंगल्समा अकी जुवेन राउतले सूर्यदित्य राणालाई ८–३ तथा अदित सुवदीले आरवसिंह शाहलाई ८–० ले पाखा लगाउदै सेमिफाइनलमा पुगे । सम्यकभूषण वज्राचार्यले दोर्जे तामाङ तथा लुशान रिजालले राहुल सिंहबाट वाक ओभर पाउदै सेमिफाइलनमा पुगे ।
प्रतिक्रिया