विराटनगर : पूर्वाञ्चल क्षेत्रमा आयोडिनयुक्त नुनको अभाव नरहेको साल्ट्र ट्रेडिङ अञ्चल कार्यालय विराटनगरले जनाएको छ । बजारमा नुनको अभाव भएको हल्ला सिर्जना भए पनि साल्ट्र टेडिङका अञ्चल प्रबन्धक नवीनचन्द्र झाले नुनको अभाव नरहेको बताए । कर्पोरेसनको अञ्चल कार्यालय विराटनगरको गोदाममा नुनको प्रयाप्त मौजदात रहेको बताइएको छ । भारत तथा नेपालका केही क्षेत्रमा नुनको अभाव भएको हल्लाले विभिन्न पसलमा नुन खरिद गर्नेको भिड बडेको छ ।
यता कतिपय पसलले नुन छैन भनी ग्राहकलाई फर्काउने गरेको र नुन कालोबजारी गरिरहको बताइएको छ । साल्ट ट्रेडिङले अञ्चल कार्यालय सोझै एवम् डिलरमार्फत नुन बिक्री वितरण गरिरहेको जनाएको छ । यता मौका फाइदा उठाउन नेपाल बजार डिपार्टमेन्टल स्टोर विराटनगरले रु २०० को सामान खरिद गरेमा एक प्याकेट नुन बिक्री गरिएकोमा उपभोक्ताले विरोध गरेका छन् ।
प्रतिक्रिया