काठमाडौं : वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्गर्तत बिहिबार भएको समूह चरणको खेलमा क्षेत्र नम्बर ३ काठमाडौंले क्षेत्र नम्बर २ विरगंञ्जलाई २ विकेटले पराजीत गरेको छ । जितपछि काठमाडौ्रं समूह एको विजेता बन्दै सेमिफाइनल प्रबेश गर्यो । काठमाडौंले समूह बिको उपविजेता क्षेत्र नम्बरसात संग शुक्रबार सेमिफाइलन खेल्ने छ । काठमाडौंले खेलको तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको थियो ।
बिहिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बिरगञ्जले ३७ ओभर २ बलमा १ सय २५ रनमा समेटियो । १ सय २६ रनको सहज लक्ष्य पच्छाएका काठमाडौंले ३० ओभर ५ बलमा ८ विकेटको क्षतिमा १ सय २९ रन जोडेको थियो । काठमाडौंका लागि अर्जुन अधिकारीले सर्वाधिक २६ रनको योगदान दिए । उनलाई अकिव अल अन्साले रन आउट गरे । उनले ४७ बलमा ३ चौका प्रहार गरेका थिए । त्यसैगरि सरद खड्का र सोमपाद कामीले १७/१७ रनको योदान गरे । त्यसैगरि प्ररम्भीक ब्याट्सम्यान प्रकाश विष्ट एले १२, आशिष धामीले १३ रन जोडेका थिए । विरगञ्जका लागि रामनरेश गिरि र इसाद अहमदले ३/३ विकेट लिए भने असिव पौडेले १ विकेट लिए ।
यस अघि विरगञ्जका लागि विक्रम बस्नेतले ४३ रनको योगदान दिएका भए पनि हारलाई भने टार्न सकेनन् । उनले टिकेर खेल्दै ९५ बलमा ७ चौका प्रहार गरेका थिए । यस अघि ओपनल अमिल श्रेष्ठले २१ रन जोडेका थिए । अनिल शाले २१ रनको योदान दिए पनि अन्य कुनै पनि ब्याट्म्यान काठमाडौंका बलरसामु टिक्न सकेनन् । काठमाडौंका सोमला कामीले ५ विकेट लिएका थिए । उनले ६ ओभर २ बलमा ३० रन दिएर ५ विकेट लिएका थिए । आशिष पोखरेलले ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै २२ रन दिएर ३ विकेट लिएका थिए । (सौस)
प्रतिक्रिया