प्राविधिक तालिमका लागि टोली अष्ट्रेलियाजादै

sports-काठमाडौं : मोटर स्पोर्ट्ससम्बन्धी प्राविधिक तालिममा सहभागी हुन चार सदस्यीय नेपाली टोली मंगलबार अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गर्दै छ ।
दशरथ रिसाल, चेतनराज गिरी, सीताराम न्यौपाने र अमितमान जोशी तालिममा सहभागी हुने छन् । एफआइए इन्स्टिच्यूटको आर्थिक सहयोग तथा कन्फिडेरेसन अफ मोटर स्पोर्ट्स, अस्ट्रेलिया (क्याम्स) को प्राविधिक सहयोगमा हुन लागेको तालिम नोभेम्बर १३ देखि २० तारिखसम्म चल्नेछ ।
नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसियसन (नासा) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले टोलीलाई सोमबार बिदाइ गरे ।
त्यस अवसरमा सदस्य–सचिव लामाले प्राविधिक पक्षमा अपडेट भइरहनु जरुरी पक्ष भएको बताउँदै नासाको माध्यमबाट पर्यटन क्षेत्रले धेरै फाइदा लिन सक्ने धारणा व्यक्त गरे । (सौस)

प्रतिक्रिया