क्रिकेट खेलाडीले पुरस्कार पाउने

crricketकाठमाडौ : विज्ञापन ब्यबसायी रन्जित आचार्य सहित नीजी क्षेत्रका केही अग्रणीले नेपाली राष्ट्रिय क्रिकेट टोली आसन्न बिश्वकपमा छनोट भए पुरस्कार प्रदान गर्ने निर्णय गरेका छन् । साथै उनीहरूले आईसिसि २०–२० बिश्वकपका लागि पनि पुरस्कारको घोषणा गरेका छन् । आठ वटा निजि क्षेत्रका संगठनहरूले यदि खेलाडीहरू विजय भई आईसिसि २०–२० वल्र्डकप प्रतियोगितामा छनोट भएमा २ जना खेलाडीलाई पूर्व निधारण गरिए बमोजिम (लक्की ड्र) मार्फत पुरस्कार/भत्ता स्वरूप प्रत्येक महिना १५ हजार प्रदान गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ संगको पारस्परिक सहमतिमा खेलाडीलाई राम्रो खेल्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यले यो निर्णय गरिएको हो । यसरी पुरस्कार प्रदान गर्ने संगठनमा एस ट्राभल्स, एचएच बजाज र कम्पनी, ममेघा बैक, फ्लोस प्राइभेट लिमिटेड, भोइथ ग्रुप, गोल्८स्टार जुत्ता,युनिलिभ नेपाल र किंग्स कलेज रहेका छन् ।
संगठनहरू मध्य, प्रत्येक कम्पनीले सम्झौता अन्तर्गत २ जना खेलाडीहरूलाई २ वर्षका लागि नियुक्त गर्ने छन् । किङ्स कलेजले भने एक जना खेलाडीलाई २ वर्षका लागि नियुक्त गर्नेछ ।
आईसिसि २०–२० वल्र्डकप प्रतियोगितामा नेपाल छनोट भए लगतै पहिलो महिना देखि करार लागू हुनेछ । १० नोभेम्बर २०१३ संघसंग भएको घोषणा कार्यक्रममा मिडियाको उपस्थितिमा ८ वटा कम्पनीहरूले नियुक्त खेलाडीहरूको साथमा एमओयुमा हस्ताक्षर गरेका थिए ।
यस कार्यक्रम परिकल्पना गरेका प्रीज्मा एडभरटाइजिङका मूख्य कार्यकारी अधिकारी रन्जीत आचार्यले यो नेपाली क्रिकेट जगतको भविष्यमा हुने निजि क्षेत्रको संलग्नताको सुरुवात हुने बताए । ‘ यदि यी खेलाडीहरूले अभिलासित परिणाम हासिल गरेर यी संस्थाहरूमा आबद्ध हुन सकेमा यस मञ्चलाई अझै उपयोग गर्दै यी संस्थाहरूसागको साझेदारीलाई अधि बढाउन सकिन्छ । ’ आचार्यलले भने ।
कार्यक्रम अन्तर्गत नेइफ र पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठले क्रिकेट संघलाई एक–एक लाख प्रदान गरेका थिए । यस्तै उद्यमि अनिल झा, शेखर गोल्छा, अमिर राणा, र विश्वास ढकालले पनि नेपाली क्रिकेट टिमलाई आउादो वल्र्ड कप क्वालिफायरका खेलहरूका लागि शुभकामना दिएका थिए । कार्यक्रममा अध्यक्षले निजि क्षेत्रको संलग्नता र खेलाडीहरूलाई दिइएको समर्थन र प्रोत्साहनका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया