पर्यटन विकाससँगै बारपाकको पहिचानमा समस्या

गोरखा : जिल्लाको ऐतिहासिक तथा पर्यटकीयस्थल बारपाकमा भएको पर्यटन विकाससागै यहााको लोकसंस्कृति र पहिचानमा समेत समस्या आउन थालेको छ  ।
एकै ठाउामा रहेका यहााका एक हजार पाँच घरधुरीको छानामा लगाइएको स्लेट ढुङ्गाका कारण बारपाकको पहिचान अलग्गै देखिने गरेको छ । पछिल्लो समयमा बारपाकमा नियमित मोटर पुग्ने गरेको छ । यहाँ चल्ने जिप, भ्यान, टयाक्टर, गाडीहरूले दिनहुँ सिमेन्ट, रड र बालुवा ओसार्ने गर्दछन् । बढ्दो आधुनिकीकरणसागै यहाँ कङ्क्रिटका घरहरू निर्माण हुन थालेका छन् । झन्डै दुई दर्जनको सङ्ख्यामा निर्माण भएका कङ्क्रिटले यहाँको स्लेट ढुङ्गालाई विस्थापित गर्दै लगेका छन् । बारपाकको बसपार्क, विद्यालय क्षेत्र, ठूलोगाउँ लगायतका स्थानमा कङ्क्रिट घरहरू निर्माण हुादा पहिले जस्तो बारपाकको पहिचान कायम नहुने चिन्ताले यहाँका स्थानीयबासिन्दालाई सताएको छ ।
घर जस्तो बनाए पनि दुईपाखे छानो राखेर स्लेट ढुङ्गा राख्न आग्रह गरिएको स्थानीय जितबहादुर घले बताउँछन् । बारपाकको पहिचान कायम राख्न यहाँका पर्यटन व्यावसायीहरूले गाविसले कडा कानुन लगाउनुपर्ने माग राख्ने गरेका छन् । यस सम्बन्धमा गाविस सचिव चेतनाथ अंगाई कच्ची घर भत्काएर पक्की घर बनाउनेलाई घर नबनाउ भन्न नमिल्ने उनले बताए । काठबाट बनेका कच्ची घरहरू धमाधम भत्कन थालेपछि यहााको स्वरूपमा परिवर्तन आउन थालेको छ । होम स्टेका लागि देशमै प्रख्यात बारपाकको गरिमा जोगाउनका लागि सरोकारवाला सबै निकायका मानिसहरू लागि पर्नुपर्ने स्थानीय सुब्बा गुरुङले बताए । नियमअनुसार भन्दा पनि आपसी सहमतिमा स्थानीय क्षेत्रको विकास र पहिचानका लागि बारपाकको पहिचान कायम राख्न यहाँका मानिसहरू पटकपटक छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेको छैन ।
पर्यटकीय क्षेत्रलाई स्वरुप परिवर्तन गर्न नपाइने भनी सरकारले नै कडा निर्देशन दिनुपर्ने स्थानीयहरूले माग गरेका छन् । यहाँका विद्यालय, सरकारी भवनहरूमा पनि स्लेट ढुङ्गा प्रयोग गर्ने प्रचलन रहादै आएको छ । (सौस)

प्रतिक्रिया