एकीकृत माओवादीको गाडीमा आगजनी

uncp-maoistपोखरा, २० कात्तिक । एकीकृत माओवादीका काँस्की निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार रामजी बरालको प्रचारमा प्रसारमा प्रयोग हुँदै आएको गाडीमा आगजनी भएको छ ।

उम्मेदवार बरालको ग १ च ३१०४ नम्बरको गाडीमा अपरिचित समूहले आज (बुधबार) विहान हेम्जामा जलाएको प्रहरीले जनाएको छ । बरालले सो गाडी आफ्नो चुनावी कार्यक्रममा प्रचार प्रसारका लागि भाडामा लिएका थिए ।

दिन भरि एकीकृत माओवादीको चुनावी प्रचारमा हिड्ने सो गाडीलाई गाडी मालिक जनक पराजुलीले विहान दूध बेच्नका लागि प्रयोग गर्दै आएका थिए ।

यसैबीच, एकीकृत माओवादीका उम्मेदवारले प्रयोग गर्ने गरेको सो गाडी नेकपा–माओवादीका कार्यकर्ताले जलाएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । आगजनीमा संलग्नहरुको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया