‘महिलाको भोट महिलालाई’ अभियान

काठमाडौं : संविधानसभा निर्वाचनमा महिला उम्मेदवारलाई जिताउन युवाहरुको एक समुहले ‘महिलाको भोट महिलालाई’ भन्ने अभियान सुरु गरेको छ । नेतृत्वका लागि महिला सशक्तिकरणले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महिलामाथि भइरहेका राजनीतिक तथा सामाजिक विभेद हटाउन सो अभियान सुरु गरेको जानकारी दिइयो । अभियानका संयोजक प्रकाश अधिकारीले पुरुषवादी सोचका कारण महिला अगाडि आउन नसकेको भन्दै अब महिलाले नै महिलालाई संविधानसभामा जिताएर पठाउनुपर्छ भन्ने मान्यता राखी यो अभियान सन्चालन गर्न लागेको बताए ।

प्रतिक्रिया