मध्यमाञ्चल क्षेखेविको शुभकामना

काठमाडौ : शुभ दिपावली, नेपाल सम्वत र छठ पर्व– २०७० को उपलक्ष्यमा मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले बिहीबार शुभकामना आदान प्रदान र चियापान कार्यक्रम आयोजना गर्‍यो । मितिका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा कपनमा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतलगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा सदस्य–सचिव लामाले कपन क्षेत्रमा खेलकुदको विकास लागि सम्बन्धित क्षेत्रबाट गुरुयोजना तयार गरी ल्याएमा परिषद्ले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया