मान्ज्डुकिक उत्कृष्ट : गार्डीओला

pepबार्यन म्युनिखका स्पेनिस प्रशिक्षक पेप गार्डीओलले मारियो मान्ज्डुकिक विश्वकै सबैभन्दा उत्कृष्ट फरवार्ड रहेको दाबी गरेका छन् । क्रोयशियाली खेलाडी मान्ज्डुकिकले हेर्था बर्लिनविरुद्धको खेलमा शनिबार २ गोल गरेका थिए । खेल बार्यनले ३–२ ले जित्यो ।
यस सिजनमा जर्मन बुन्डेसलिगामा १० खेल खेल्दै ामन्ज्डुकिकले ७ गोल गरिसकेका छन् । गार्डीओलाले क्लब सम्हालेपछि मान्ज्डुकिकलाई नियमित रूपमा टिममा स्थान बनाउन मुस्किल पर्ने अड्कलबाजी धेरैको थियो । तर, पछिल्लो सिजनको तुलनामा उत्कृष्ट सुरुआत गर्ने क्रममा मान्ज्डुकिकले अहिले निकै राम्रो खेलिरहेका छन् ।
२७ वर्षीय मान्ज्डुकिकले गत सिजन बार्यनबाट सबै खाले प्रतियोगितामा गरेर २० गोल गरेका थिए । ‘पेनाल्टी क्षेत्रमा बलसँग खेल्न सक्ने उनको क्षमता अजीवको छ, उनी विश्वकै उत्कृष्ट फरवार्ड हुन्’ गार्डीओलको प्रतिक्रिया छ ।

प्रतिक्रिया