बार्सीलोनाको अग्रता कायमै

barsaचिरप्रतिद्धन्द्धी रियाल म्याड्रिडलाई २–१ ले हराउँदै बार्सीलोनाले स्पेनिस लिगमा आफ्नो अग्रतालाई कायम राखेको छ । विश्व कीर्तिमानी मूल्यमा यसै सिजन रियाल भित्रिएका ग्यारेथ बेलले कुनै चमत्कार देखाउन नसकेको खेलमा बार्सिलोनाका ब्राजिली स्टार नेइमार चम्किए ।
यसै सिजन सान्तोषबाट बार्सीलोना आएका नेइमारले १९आँै मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बार्सीलोनाबाट खेलको ७९आँै मिनेटमा एलेक्सिस सान्चेजले अर्को गोल थपे । खेलको इन्जुरी समयमा रोनाल्डोको पासमा जेसेले गोल फर्काएपछि रियालले २–१ ले अग्रता छोट्टायायो ।
जितसँगै बार्सिलोनाले १० खेलबाट २८ अंक बटुल्यो । एक खेल कम खेलेको एथलेटिको म्याड्रिड २४ अंकसहित लिगको दोस्रो स्थानमा छ । हारपछि २२ अंकमै सीमित रियाल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया