स्वीट क्लव ब्याडमिन्टनको उपाधी श्री भक्त क्लवलाई

Badminton4भक्तपुर , २५ असोज । श्री भक्त ब्याडमिन्टन क्लबले भक्तपुर जिल्लास्तरीय खुल्ला स्वीट क्लब ब्याडमिन्टनको उपाधी जितेको छ । प्रतियोगितामा ३ स्वर्ण, १ रजत र २ कास्य जितेको श्रीभक्त २६ अंक बटुल्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा १ स्वणर्, १ रजत र २ कास्य पदक जितेको एबिसी ब्याडमिन्टन क्लबले दोस्रो स्थान हात पार्‍यो ।

त्यस्तै १ रजत र ३ कास्य जित्दै नागरिक अस्पताल ब्याडमिन्टन क्लब तेस्रो स्थानमा आयो । उपाधिस‘गै श्री भक्तले नगद २० हजार हात पार्दा दोस्रो हुने एबिसी ब्याडमिन्टन क्लबले १५ तथा तेस्रो स्थान हात पार्न सफल नागरिकले १० हजार रुपैयॉ जिते । प्रतियोगिताका विजेता टिमका खेलाडीलाई युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया