न्यु डायमन्डद्वारा ढोरपाटन पराजित

काठमाडौं : न्यु डायमन्ड स्पोर्ट्स क्लबले १५ औं शहिद राजेन्द्र स्मृति खुला भलिबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । राउन्ड रविन लिगको अन्तिम खेलमा न्यु डायमन्डले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–१५, १८–२५, २५–१५ र २५–२२ को सेटमा पराजित गर्‍यो ।
जितसंगै न्यु डायमन्ड राउन्ड रविनको विजेतका रुपमा फाइनलमा पुग्यो । ढोरपाटन पनि उपविजेताका हैसियलले फाइनलमा प्रवेश गर्‍यो । विजेता न्यु डायमन्डका चित्रबहादुर केसीले ‘म्यान अफ द म्याच’ भएवापत चाादीको सिक्री पाए । फाइनल शनिबार हुने आयोजक इन्द्रायणी परिवार क्लबले जनाएको छ । (सौस)

प्रतिक्रिया