‘स्टार‘लाई एडल्ट सर्टिफिकेट

star-filmआगमी १ कात्तिकदेखि देशभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र स्टारले एडल्ट सर्टिफिकेट पाएको छ । चलचित्र विकास बोर्डमा चलचित्र जाँचपास समितिले स्टारलाई एडल्ट सर्टिफिकेट दिएको हो । अब उक्त चलचित्र १६ वर्षमुनिका बालबालिकाहरूले हेर्न पाउने छैनन् । सेक्ससम्बन्धी संवाद र यौन दृश्यले भरिएको भन्दै सेन्सरले युनिभर्सल सर्टिफिकेट नदिएको हो । चलचित्रमा उत्तेजक यौन दृश्य मात्र नभएर त्यस्तै संवादका साथै महिलालाई गाली गलौज गरिएका शब्द र नायिकाको भित्री वस्त्र देखिने गरी पोशाक लगाएको सेन्सर बोर्डका एक सदस्यले बताए । यस्तै बोर्डले फिल्मका केही दृश्य काँटछाँट गर्नुपर्ने र केही संवादमा ‘म्युट’ हाल्नु पर्ने आदेश दिएको छ । महेन्द्र बुढाथोकी निर्देशित फिल्म रजतपटमा स्टार हुन चाहना राख्ने नायिकाको जीवन यात्रासँग सम्बन्धित छ । सुमिना घिमिरे फिल्मकी मुख्य पात्र हुन् । साथमा निरज बराल, श्याम घिमिरे, रमेश बुढाथोकी, गणेश उप्रेतीलगायतको अभिनयलाई स्टारमा देख्न सकिन्छ । (सौस)

प्रतिक्रिया