घरेलु उत्पादनको थप प्रवद्र्धन आवश्यक्ता

Shankar-Koiralaकाठमाडौं, २१ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उत्पादनमुखी अर्थतन्त्रबाट मात्र मुलुकले आर्थिक विकासमा दिगो फड्को मार्ने भएकाले घरेलु उत्पादनको थप प्रवद्र्धन आवश्यक भएको बताएका छन् ।
राष्ट्रिय घरेलु उद्योग विकास समितिको आज (आइतबार) राजधानीमा बसेको समीक्षात्मक बैठक तथा रणनीतिक कार्यक्रममा उद्योगमन्त्री समेत रहेका कोइरालाले स्थानीय उत्पादनको विकासका लागि सरकार नीतिगत, कानूनी र समन्वयको भूमिका निभाउन तयार रहेको बताए ।
उनले मह, खुकुरी र अल्लो उत्पादनमा देशले राम्रो ख्याती पाएको बताए । वस्तु विकास केन्द्र, हस्तकला ग्राम र सार्क हस्तकला प्रदर्शनी बनाउने योजना आफैंमा उपलब्धिमूलक रहेको कोइरालाले बताए ।
औद्योगिक ऐन आइसकेको र केही दिनभित्रै सरकारले अध्यादेशमार्फत औद्योगिक व्यवसाय ऐन ल्याउन लागेको मन्त्री कोइरालाको भनाई छ । उनले उद्योग र उद्योगीका थुप्रै समस्या हल गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया