म्याग्दी मगर समाज च्याम्पियन

ArcharyTeam-photo3काठमाडौं, १९ असोज । म्याग्दी मगर समाजले काठमाडौंको सीतापाइलामा आयोजित खुला धनुषवाण प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा म्याग्दी मगर १० डोरको खेलमा कुल १ सय ८ अंक जोड्न सफल रह्यो । म्याग्दीबाट  सुभाष पाइजा, कुमार पाइजा र जुलुप पुनले समान १९ अंक जोडेका थिए । त्यस्तै, ताल गर्जुवाले  १८, हरि पुनले १७ र श्रीपुर्जाले १६ अंकको योगदान गरे । दोस्रो भएको नेपाल छन्त्याल संघले १०१ र तेस्रो भएको नेपाल जापान सम्पर्क समितिले ९७ अंक जोडे । विजेताले क्रमश: २० हजार, १५ हजार र १० हजार नगद प्राप्त गरे । मार्फा थकाली समाज सेवा सदनको अयोजनामा भएको प्रतियोगितामा म्याग्दी मगर समाजका सुभाष पाइजाले टिम स्पर्धामा सर्वोकृष्ट तथा व्यक्तिगततर्फ उत्कृष्ट धनुषधर्रको उपाधि जिते । उनले टिम स्पर्धामा सर्वोत्कृष्ट बन्ने क्रममा आफ्नै दाजुकुमार पाइजलाई पछि पारेका थिए  । त्यस्तै, व्यक्तिगततर्फ १४ अंक बटुल्दै आयोजकका चित्रलाल हिराचनलाई रोके । हिराचनले १२ अंक बनाएका थिए । विजेतालाई नेपाल उद्योग महसंघका सदस्य सकुन्तलाल हिराचन, आयोजकका अध्यक्ष भीमलाल हिराचन तथा प्रतियोगिता संयोजक लक्ष्मण हिराचनले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया