एथलेटिक्समा दिलमायाको सनसनी

काठमाडौं, १७ असोज । नेपाल प्रहरीका तिलकराम थारूले लामो समयपछि १ सय मिटर दौडमा चार वर्षको अन्तरालमा हार व्यहोरेको छन् । पाँचाँै राष्ट्रिय खेलकुद प्रतियोगिता यता एक छत्र राज गरेका तिलकलाई बुधबार भएको रेसमा याम सुजान सुनुवारले पराजित गरे । याम साजनले १०.६ तथा तिलकले १०.७ मा रेस पूरा गरे । आर्मी क्लबका मीनबहादुर चौधरीले १०.८ सेकेन्डमा रेस पूरा गर्दै तेस्रो स्थान पाए ।

राष्ट्रिय टिम छनोटका लागि भएका अन्य इभेन्टमा महिलातर्फ एपिएफकी दिलमाया कार्कीको सनसनीपूर्ण प्रदर्शन जारी रह्यो । नेपालकी तेज महिला बन्ने क्रममा १ सय मिटर दूरी १२.६ सेकेन्डमा पूरा गरिन् । यसअघि उनले यसै ४ सय मिटर रेसमा राष्ट्रिय कीर्तिमानसहित पहिलो स्थान पाएकी थिइन् । उनी २ सय मिटरमा पनि उपाधि जित्न सपलm भइन् । १५ सय मिटर पुरुषमा एपिएफका गोपीचन्द कार्कीले ४ मिनेट ९ .०४ सेकेन्डमा रेस पूरा गर्दै पहिलो भए । आर्मी क्लबका कलयाण बानीया दोस्रो तथा एपिएफका लक्ष्मण मल्ल ठकुरी तेस्रो भए ।
महिलातर्फ आर्मीकी लक्ष्मी पाण्डे पहिलो, एपिएफकी वृन्दा श्रेष्ठ दोस्रो तथा विजेश्वरी स्कुलकी संगीता खड्काले तेस्रो स्थान पाए । पुरुष डिसकस थ्रोमा आर्मीका ताराबहादुर कार्की पहिलो र राजेन्द्र बस्नेत दोस्रो भए । महिलामा पुलिसकी हिरन चौधरी पहिलो भइन् । आर्मीकी अमृता महतो तथा एपिएफकी जित कुमारी महतो तेस्रो भए । पुरुष हाइजम्पमा आर्मीका सूर्यबहाुर खत्री पहिलो, आर्मीकै प्रेम सिंह दोस्रो तथा एपिएफका बलाकृष्ण चौधरी तेस्रो भए । महिला हाइजम्पमा पुलिसकी केशरी चौधरी पहिलो, एपिएफकी शिला चौधरी दोस्रो तथा आर्मीका प्रभा चौधरी तेस्रो भए ।

प्रतिक्रिया