२९ चालक मापसे कारबाहीमा

चितवन : चाडपर्वलाई ध्यानमा राखी मादक पदार्थ सेवन गरी सवारी चलाउने २९ जनालाई चितवन प्रहरीले कारबाही गरेको छ ।

मंगलबार रातिदेखि बुधबार बिहानसम्म जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गरेको चेकजाँचका क्रममा मापसे गरी सवारी चलाउने २९ जना कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेबाट प्रहरीले ८ हजार ७ सय राजस्व संकलन गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय चाडबाडलाई ध्यानमा राखी विशेष सुरक्षा योजनाअन्तर्गत मापसे गरी सवारी चलाउनेविरुद्ध अभियान चलाउँदै आएको छ । (सौस)

प्रतिक्रिया