सेना परिचलनको संवैधानिक अड्चन खुल्यो

2070.6.8. Nepal Army Movilaizesanकाठमाडौं, ८ असोज । चुनावमा नेपाली सेना परिचालनका लागि भएको संवैधानिक बाधा राष्ट्रपति डा.रामवरण यादवले फुकाई दिएका छन् ।
राष्ट्रपति कार्यालयका सहसचिव वासुदेव दाहालले आज (मंगलबार) विज्ञप्ति निकालेर सेना परिचालनमा देखिएको संवैधानिक संकट हटाउन बाधा अड्काउ आदेश जारी भएको जानकारी दिए । मन्त्रिपरिषदको आग्रहमा राष्ट्रपति डा.यादवले बाधा अड्काउ फुकाई दिएका हुन् ।
प्रकृतिक विपत्ती परेमा मात्रै सेना परिचालन गर्न सकिने व्यवस्था बाहेक अन्य अवस्थामा सेना परिचालन गर्दा मन्त्रिपरिषदको सिफारीसमा नेपाली सेना परिचालन गर्ने व्यवस्था अन्तरिम संविधानमा उल्लेख छ । सो अवस्थामा सेना परिचालन भए संसदबाट एकमहिना भित्र अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
संविधानको सो व्यवस्था रहेको धारा १ सय ४५ को उपधार ५ मा बाधा अड्काउ मार्फत संविधानसभा सम्पन्न भए पछि संसदले तोकेको समितिबाट सेना परिचालनको विषय अनुमोदन गर्ने उल्लेख गरिएको छ ।
यस अघि उच्चस्तरीय राजनीतिक समितिले सेना परिचालन गर्न अबरोध भएको संवैधानिक व्यवस्था फुकाउन सरकारलाई सुझाव दिएको थियो ।
नेकपा–माओवादीले चुनावमा नेपाली सेना परिचालनको विरोध गरिरहेका बेला सरकारले आफ्नो मार्ग प्रसस्त गरेको छ ।

प्रतिक्रिया