काठमाडौं । राजावादीहरुको यही जेठ ८ गतेदेखि ११ गते सम्मलाई काठमाडौं उपत्यकामा तय भएको धार्मिक तथा जनजागरण अभियान विशेष कारणवश स्थगित भएको छ ।
बुधबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गरेर तय भइसकेको धार्मिक तथा जनजागरण अभियान स्थगित भएकाे जानकारी गराएका हुन् । यस सम्बन्धमा अर्को सूचना जारी हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया