पाँचथर । कोशी प्रदेश स्तरीय फोटो प्रदर्शनी इलामको प्रमुख पर्यटकीय गन्तब्य कन्याममा शनिबार सम्पन्न भएको छ । प्रदेशस्तरीय फोटो प्रतियोगितामा पर्यटन कार्यालय झापाले कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।
कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा फोटो पत्रकार काठमाडौँका एपी तोलाङ प्रथम, ताप्लेजुङ्गका बसन्त लिम्बू दृतीय, पाँचथरका फोटो पत्रकार डेविड ओझा तृतीय, निसान्त राना चौथो र मनोज बस्नेत पाँचौ स्थानमा परेका छन् ।
उत्कृष्ट ५ फोटोग्राफर र फोटो पत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
फोटो छनौट भएका प्रतियोगिलाइ पर्यटन बन तथा वातावरण मन्त्रालय कोशी प्रदेश का मन्त्री सदानन्द मण्डल ले समारोहमा नग र प्रमाणपत्र प्रदान गरेका हुन् ।
सो प्रतियोगितामा २०८ फोटोहरूमध्ये ६० वटा उत्कृष्ट फोटोहरू छनोट गरी प्रदर्शनीमा राखिएको थियो । प्रतियोगिता र प्रदर्शनी को आयोजना गररीएको कार्यक्रम संयोजक तथा फोटो पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष विनाद पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया