मुुगुु । जिल्लाको छायानाथ रारा नगरपालिका–१३ थार्पगाउँका ४६ वर्षीय अक्कल बोहोराले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । उनले २०२५ मे २०, बिहान ८ः५८ बजे सगरमाथाको चुचुरोमा राराको पानीसहित राष्ट्रिय झन्डा फराए हुुन् । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताललाई विश्वसामु चिनाउन राष्ट्रिय झन्डासहित रारा र कर्णाली नदीको पानी बोकेर उनी गत २९ चैतमा सगरमाथा आरोहणका लागि हिँडेका थिए । ४२ दिनको यात्रापछि बोहोराले सगरमाथको सफल आरोहण गरेको बताएका छन् । बोहोराले भने, ‘सपना अब साकार भएको छ, राराको पानी, जन्मभूमिप्रतिको माया र कर्णालीको सन्देश पनि सगरमाथाको चुचुरोसम्म पु¥याएको छुु ।’
सगरमाथा आरोहणको अभ्यासस्वरूप उनले केही दिनअघि मेरापिक हिमाल सफलतापूर्वक चढेका थिए । अनुभवी शेर्पा मिग्मा डोक्पाको साथमा उनले आफ्नो आरोहण सफलतापूर्वक सम्पन्न गरेका हुन् । ‘राराको पानी जस्तै सफा र सुन्दर मेरो देशको माया लिएर सगरमाथामा पुगेको उनले बताए । आरोहणको व्यवस्थापन टिसिनो टे«कर्स एन्ड एक्सपोर्टेसन प्रालिले गरेको र आरोहणमा ४३ लाख रुपैयाँ आफैँले खर्च गरेको पनि बोहोराले बताए ।
बोहोराले निजी खर्चमा सगरमाथा आरोहण गर्ने आफू कर्णाली प्रदेशकै पहिलो व्यक्ति भएको दाबी गरेका छन् । हाल स्पेनमा रारा नामक होटल सञ्चालन गर्दै आएका बोहोराले मुगु जिल्लाका विपन्न तथा असहाय व्यक्तिहरूको शिक्षा, खानेपानी, स्वास्थ्योपचार तथा दैवीप्रकोप पीडितलाई सहयोगका साथै भौतिक पूर्वाधार निर्माणमा लाखौँ रुपैयाँ सहयोग गर्दै आएका छन् । बोहोरालाई मुगुका नागरिकले दीनदुःखीका सहयोगी तथा समाजसेवीका रूपमा चित्रण गर्छन् । उनले सगरमाथा शिखरमा रारा ताल पानी र झन्डा फहराएर विश्वमा राराको प्रचार भएको कुराले समग्र मुगुको शिर उँचो बनाएको छायानाथ रारा नगरपालिका मेयर विष्णुकुमार भामले बताए ।
कर्णाली प्रदेश प्राकृतिक स्रोत, धार्मिक तथा सांस्कृतिक अवस्थाले पर्यटनको ठुलो सम्भावना बोकेको प्रदेश भए पनि प्रचारप्रसार अभाव रहेका बेला यो आरोहणले समग्र कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायको ध्यानाकर्षण पुुगेको विश्वास लिएको पनि बोहोराले बताए ।
मुगु
प्रतिक्रिया