संविधानसभाको दोस्रो चुनावमा बहुमत : दाहाल

Puspakamal-Dahalकाठमाडौं, ८ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको दोस्रो चनावमा आफूहरुको बहुमत आउने दावी गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (मंगलबार) आयोजित कार्यक्रममा अध्यक्ष दाहालले मंसिर–४ गते हुने निर्वाचनमा एमाओवादीको बहुमत आउने बताएका हुन् । ‘आगामी चुनावमा एमाओवादीको बहुमत आउँछ,’ उनले भने, ‘हाम्रो बहुमत रोक्न कसैले सक्ने छैनन् ।’
मुलुकमा लामो समयसम्म संक्रमणकाल रहेको उनले बताए । ‘संक्रमणकाल मुलुकले धेरै थेग्न सक्दैन,’ उनले भने, ‘चुनाव गरेर एउटा निकास दिनु पर्छ ।’

प्रतिक्रिया