स्वान्सी सिटीको ऐतिहासिक जित

Europa-League १० खेलाडीमा सीमित भ्यालेन्सियाविरुद्ध ३–० को ऐतिहासिक जित निकाल्दै बेलिस क्लब स्वान्सी सिटीले युरोपा लिगमा विजयी सुरुआत गरेको छ । बिलफ्राइड बोनीलाई फल गरेपछि घरेलु टिम भ्यालेन्सियाका डिफेन्डर अदिल रामी नवौँ मिनेटमै मैदान छाड्न बाध्य बनेका थिए । त्यसको पाँच मिनेपछि बोनीले नै गोल गर्दै स्वान्सीलाई अग्रता दिलाए । पहिलो हाफमा घरेलु टिम भ्यालेन्सियामाथि दबाब बनाए पनि स्वान्सीले थपगोल गर्न सकेन । खेलको ५८औँ मिनेटमा मिखुले गोल गर्दै स्वान्सीको अग्रता दोब्बर पारे । ६२औँ मिनेटमा ३० यार्ड परबाट जोनाथन डी गुजम्यानले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएपछि खेल स्वान्सीले ३–० ले जित्यो । इंग्लिस प्रिमियर लिगमा प्रतिनिधित्व गरिरहेको बेलिस क्लब स्वान्सीले भ्यालेन्सियालाई युरोपेली प्रतियोगितामा पहिलोपटक हराएको हो । कुनै पनि बेलिस क्लबले स्पेनिस क्लबलाई युरोपेली प्रतियोगितामा हराएको यो दोस्रोपटक हो । यसअघि कार्डिफ सिटीले सन् १९७१ मा युरोपियन बिनर्स कपको क्वाटरफाइनलमा रियाल म्याड्रिडविरुद्ध घरेलु मैदानमा जित निकालेको थियो । त्यतिबेला कार्डिफले पहिलो लेगमा जित हात पारे पनि दोस्रो लेग २–० ले जित्दै रियालले सेमिफाइनल यात्रा तय गरेको थियो । युरोपियन कपमा कुनै पनि स्पेनिस टिमलाई उसैको घरेलु मैदानमा बेलिस क्लबले हराएको भने यो नै पहिलोपटक हो ।

प्रतिक्रिया