दुर्घटनामा पत्रकार श्रेष्ठको निधन

भक्तपुर, २३ भदौ । अरनिको राजमार्गको जगाती सडक खण्डमा भएको सडक दुर्घटनामा भक्तपुरमा क्रियाशील पत्रकार प्रितम श्रेष्ठको निधन भएको छ ।
विपरित दिशाबाट आएको बा ३८ प ६९२१ मोटर साईकलले श्रेष्ठ सवार बा २८ प ५७०१ को मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।
‘प्रक्षेपण’ दैनिकका सम्वाददाता श्रेष्ठको घटना स्थलमै मृत्यू भएको थियो ।
ठक्कर दिने मोटर साइकल चालक भक्तपुर नगरपालिका–५ का लुभु शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया