खानीखोलाको सुरुङमा मजदुरको मृत्यू

uppre_tamakosiदोलखा, १२ भदौ । सुरुङ ‘ड्रिल’का क्रममा खसेको ढुङ्गाले लागेर दोलखाको मार्वु गाविसमा निर्माणाधिन खानीखोला जलविद्युत आयोजनामा कार्यरत एकमजदुरको मृत्यू भएको छ ।
ओखलढुङगा जिल्ला खिजी चण्डेश्वरी–४ घर भएका २१ वर्षीय ताराबहादुर सुनुवारको ढुङ्गाले लागेर ज्यान गएको दोलखाका प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।
सँगै काम गरिरहेका उनका भाई सन्तबहादुर सुनुवारका अनुसार पावरहाउसमा ‘ड्रिल’को काम गरिरहँदा माथिबाट खसेको ढुङ्गाले टाउकोमा गम्भीर चोट लागेको थियो ।
थप उपचारका लागि सदरमुकाममा लैजाँदै गर्दा उनको सोमबार राति बाटोमै मृत्यू भएको भाई सन्तबहादुरले बताए ।
‘सासा इन्जिनियरिङ हाईड्रो पावर’ले निर्माण गर्न लागेको खानीखोला आयोजना ३० मेगावाटको रहेको छ । योजनामा कार्यरत मजदुरहरुको दुर्घटना वीमा छैन । (फाईल तस्विर)

प्रतिक्रिया