डकैती घटनाका फरार अभियुक्त साह पक्राउ

sirahaसिरहा, १० भदौं । सिरहाको सिसवनी गाविसमा भएको डकैती घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुशहा लक्ष्मीनिया–४ का ३५ बर्षीय घुरन साह छन् । उनको साथबाट २१ हजार नगद, ३ थान नोकिया मोवाइल सेट र एक थान सानो पकेट डायरी बरामद गरेको वडा प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कृष्णजी अधिकारीले जानकारी दिए ।
गत साउन–२० गते विहान ३ बजे सिसवनी–२ का रामचन्द्र यादव, सोही ठाउँका रामदेव यादव र जुगेश्वर यादवको घरबाट करीब ४ लाख ५२ हजार ८ सय मूल्य बराबरको सुनचाँदीका गरगहना, नगद, मोवाइल, टेलिभिजन र अन्य जिन्सी समानहरु डाँकाले लुटेर लगेका थिए ।
घटनामा साहको संलग्नता रहेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिक्रिया