धादिङमा बृद्धाको हत्या

hatya 1धादिङ, ७ भदौं । धादिङ जिल्लामा अपरिचित समूहको आक्रमणबाट एक बृद्धाको मृत्यू भएको छ ।
बिहीबार राति गजुरी–१, छेवाङ निवासी ६१ बुद्धिमायाँ तामाङको हत्या भएको प्रहरीले जनाएको छ । हत्याको कारण खुलेको छैन ।
सोही समूहको आक्रमणबाट उनका पति चन्द्रबहादुर तामाङ गम्भीर घाईते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रतिक्रिया