बसको ठक्करबाट सिराहामा पैदल यात्रुको मृत्यू

सिरहा, २९ साउन । सिराहा जिल्लाको बडहरामालमा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यू भएको छ ।
उदयपुरको कटारीबाट काठमाडौंतर्फ गइरहेको ना.४ ख ३७९० नम्वरको यात्रुवाहक बसले आज (मंगलबार) बडहरामालमा ठक्कर दिंदा कर्जन्हा गाविस वडा नम्वर ५ का ३५ वर्षीय घुरनीदेवी यादवको मृत्यू भएको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार बसको ठक्करबाट यादवको तत्काल मृत्यू भएको थियो । प्रहरीले चालक र बसलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया