अभ्यास खेलामा नेपाल पराजित

cricket1काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा श्रीलंकाको २३ बर्ष मुनीको टोलीसँग लगातार चौथो पटक पराजित भएको छ ।

राजधानीमा आइतबार भएको अभ्यास खेलमा श्रीलंकाले नेपाललाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनायो । नेपालका लागि शक्ति गौचनले अविजित ३१ रन बनाउँदा बसन्त रेग्मीले ३०, सरद भेसवाकरले २९ र अनिल मण्डलले २७ रन जोडेका थिए ।
उपकप्तान ज्ञानेन्द्र मल्लले १८ रन बनाउँदा सागर पुन १६ रनमा आउट भए । कप्तान पारस खड्का ५, विनोद भण्डारी १ रनमा आउट हुँदा प्रदिप ऐरीले खाता नै खोल्न सकेनन् ।

उता, श्रीलंकाको टोलीले ३४ दशमलब ४ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेटायो । उसका लागि कुशल मेन्डिसले सर्वाधिक ५६ रन बनाए । नेपालका अभिनास कर्ण , जितेन्द्र मुखिया र बसन्त रेग्मीले समान १–१ विकेट लिएका थिए । (फाईल तस्विर)

प्रतिक्रिया